LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । सलमान खान स्टारर बलिउड फिल्म ‘किसीका भाई किसीकी जान’ले भारतीय बक्स अफिसमा अहिलेसम्मकै न्यून इद पर्वको ओपनिङ गरेको छ । शुक्रबार फिल्मले १५ करोड भारुको ओपनिङ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सन् २०१० देखि २०१९ सम्म सलमान अभिनित अघिल्ला फिल्मको इद पर्वको ओपनिङलाई तुलना गर्दा यो फिल्मको कमाइ न्यून हो । इद पर्वको दोस्रो दिन भारतीय बक्सअफिसमा फिल्मले २५ करोड भारु कमाएको छ । फरहाद सम्जी निर्देशित यो फिल्म चारवर्षपछि रिलिज भएको सलमानको फिल्म हो ।

फिल्ममा ब्यांकटेश, पूजा हेग्डे लगायतको शीर्ष भूमिका छ । भारतीय फिल्मका ब्यापार समीक्षक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमा १५.८१ करोड भारु कमाएको छ । सन् २०१६ को इदमा रिलिज भएको सलमानको ‘सुल्तान’ले सबैभन्दा धेरै ३६.५४ करोड भारु कमाएको थियो ।

नेपाली बक्सअफिसमा पनि यो फिल्मले न्यून ओपनिङ गरेको छ । सलमानका अघिल्ला रिलिजभन्दा यो फिल्मको कमाइ नेपालमा समेत न्यून हो । सप्ताहन्तमा नेपालमा फिल्मले राम्रै कमाएपनि सलमानका अघिल्ला फिल्मको तुलनामा न्यून हो । विश्वब्यापी ५७ सय पर्दाबाट रिलिज भएको यो फिल्म भारतमा ४५ सय पर्दाबाट रिलिज भएको छ । नेपालमा भने प्रदर्शनरत दयाहाङ राई स्टारर जारी यो फिल्मका लागि चुनौति बन्यो ।

सम्बन्धित खबर