LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम, ।महोत्तरीमा ज्वाइँको हत्याको प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो ।गत चैत २२ गते सन्तोष बोलाएपछि सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा पुगेका थिए । पुगेपछि उनलाई ससुरा हिरण ठाकुर, सासु नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा पर्ने घनश्याम ठाकुर लगायतले टाउकोमा ठोस् बस्तु प्रहार तथा घाँटी च्यापेर हत्या प्रयास गरेको उनकी दिदी रुवी झाले बताइन् ।

मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषका दिदी रुवी झाले बताइन् ।‘ससुरा पक्ष आफ्नो हिसाबले मारेर नै फालदिएका थिए । स्थानीयले देखेपछि हामीलाई खबर गर्यो । नत्र मरेपछि लास नै गायब गर्थे होला’ रुवीले भनिन् ‘उपचारको लागि ल्याएर सिटी स्क्यान गराउँदा टाउकोको खप्पर टुक्राटुक्रा भइसकेको थियो । धन्न डाक्रहरुले समयमै टाउकोको शल्यक्रिया गरी खप्प्पर जोडेर ज्यान जोगाए ।’

सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् । उनको दुबै हातखुट्टा चल्दैन ।घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुईदिन पश्चात प्रहरीले पक्राउ परिसकेका छन् । घटनामा संलग्न सालो धर्र्मेन्द्र र ससुरा पर्ने घनश्याम फरार रहेको र खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सासु ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।सन्तोषका परिवारजनले घटनामा संलग्न चारजना माथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।घरायसी विवादमा ज्यान लिने प्रयास घटना भएको सन्तोषले बताए । उनले घटनामा आफ्नी श्रीमती सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै घटनामा संलग्न रहेकहरुमाथि कडा कारबाहीको माग सन्तोषले गरेका छन् ।

सम्बन्धित खबर