LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । नेपाल र भारतमा प्रसिद्ध महोत्तरिको रौजा मजार सरिफमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि उर्से पाक लाग्ने भएको छ ।
रौजा माजर सरिफ विकास समितिको आज बसेको वैठकले अगामी बैशाख १७,१८ र १९ गते तीन दिवसीय उर्स पाक लगाउने निर्णय गरिएको हो । महोत्तरिको बलवा नगरपालिका वडा नम्बर ११ मा अवस्थित उक्त मजार सरिफमा प्रत्येक वर्ष उर्स लाग्ने गरेको छ ।
रौजा मजार सरिफमा बाबा गदाअली शाह, बाबा वहार अली शाह र बाला रह अली शाहको संयुक्त मजार रहेको छ । उक्त मजार यस क्षेत्रका सबभन्दा पुरानो मजार सरिफ भएकोले यहाँ नेपालसहित भारतका विभिन्न स्थानबाट प्रत्येक वर्ष हजारौको संख्यामा मुस्लिम सामुदायका श्रद्र्धालुभक्तजन आउने गरेका छन् ।


उर्समा तीनै बाबाको मजार सरिफमा चादर पोसी हुने गरेको रौजा मजार सरिफका अध्यक्ष सलिम राईनले जानकारि दिए । उनले विगतका वर्षहरु जस्तै यस वर्षपनि उर्से पाकको अवसरमा तीन दिन र दुई रात जलशाको हुने बताए । जलशामा नेपाल तथा भारतका प्रसिद्ध इस्लामिक धार्मिक गुरुहरुले प्रवचन गर्ने अध्यक्ष राईनले बताए ।

सम्बन्धित खबर