LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । नेपाल र भारतमा प्रसिद्ध महोत्तरिको रौजा मजार सरिफमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि उर्से पाक लाग्ने भएको छ ।
रौजा माजर सरिफ विकास समितिको आज बसेको वैठकले अगामी बैशाख १७,१८ र १९ गते तीन दिवसीय उर्स पाक लगाउने निर्णय गरिएको हो । महोत्तरिको बलवा नगरपालिका वडा नम्बर ११ मा अवस्थित उक्त मजार सरिफमा प्रत्येक वर्ष उर्स लाग्ने गरेको छ ।
रौजा मजार सरिफमा बाबा गदाअली शाह, बाबा वहार अली शाह र बाला रह अली शाहको संयुक्त मजार रहेको छ । उक्त मजार यस क्षेत्रका सबभन्दा पुरानो मजार सरिफ भएकोले यहाँ नेपालसहित भारतका विभिन्न स्थानबाट प्रत्येक वर्ष हजारौको संख्यामा मुस्लिम सामुदायका श्रद्र्धालुभक्तजन आउने गरेका छन् ।


उर्समा तीनै बाबाको मजार सरिफमा चादर पोसी हुने गरेको रौजा मजार सरिफका अध्यक्ष सलिम राईनले जानकारि दिए । उनले विगतका वर्षहरु जस्तै यस वर्षपनि उर्से पाकको अवसरमा तीन दिन र दुई रात जलशाको हुने बताए । जलशामा नेपाल तथा भारतका प्रसिद्ध इस्लामिक धार्मिक गुरुहरुले प्रवचन गर्ने अध्यक्ष राईनले बताए ।

सम्बन्धित खबर