LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । जानकी नवमीको अवसरमा जनकपुरधाममा साँस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभलको आयोजना गरिएको छ ।
भारतीय दुतावास र स्वामी विवेकनन्द सांस्कृतिक केन्द्रको संयुक्त रुपमा आयोजना गरेको उक्त फेस्टिभलमा मिथिलाका प्रसिद्ध खानाका परिकारहरुको प्रदर्शन गरिएको छ । फेस्टिभलमा मिथिलाको प्रसिद्ध खानाका परिकारहरू मिटाई, दही, अदौरी, तिलौरी, दूधपीठा, दालपीठा, कोदोको रोटी, तिलकोरको तरुवा, सकरौडी, महिआउर, अमोट, कडही, वडी, विभिन्न प्रकारको तरुवा सहितका ८८ प्रकारका परिकारहरूको प्रदर्शन गरिएको आयोजक संस्थाले जनाएको छ ।


यता, फेस्टिभलको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतको धर्म, संस्कृति, कला तथा खानपान मिल्दो भएकाले यस्तो कार्यक्रमले दुवै देशको सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा वीरगञ्जस्थित महावाणिज्य दूतावासका काउन्सिलर नीतिश कुमार, तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल,स्वामी विवेकनन्द सांस्कृतिक केन्द्रका अधिकृत निरज भण्डारी सहितका वक्ताहरुले नेपाल र भारत बीच रहेको पौराणिक सम्बन्ध वारे चर्चा गरेका थिए ।

सम्बन्धित खबर