LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । जानकी नवमीको अवसरमा जनकपुरधाममा साँस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभलको आयोजना गरिएको छ ।
भारतीय दुतावास र स्वामी विवेकनन्द सांस्कृतिक केन्द्रको संयुक्त रुपमा आयोजना गरेको उक्त फेस्टिभलमा मिथिलाका प्रसिद्ध खानाका परिकारहरुको प्रदर्शन गरिएको छ । फेस्टिभलमा मिथिलाको प्रसिद्ध खानाका परिकारहरू मिटाई, दही, अदौरी, तिलौरी, दूधपीठा, दालपीठा, कोदोको रोटी, तिलकोरको तरुवा, सकरौडी, महिआउर, अमोट, कडही, वडी, विभिन्न प्रकारको तरुवा सहितका ८८ प्रकारका परिकारहरूको प्रदर्शन गरिएको आयोजक संस्थाले जनाएको छ ।


यता, फेस्टिभलको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतको धर्म, संस्कृति, कला तथा खानपान मिल्दो भएकाले यस्तो कार्यक्रमले दुवै देशको सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा वीरगञ्जस्थित महावाणिज्य दूतावासका काउन्सिलर नीतिश कुमार, तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल,स्वामी विवेकनन्द सांस्कृतिक केन्द्रका अधिकृत निरज भण्डारी सहितका वक्ताहरुले नेपाल र भारत बीच रहेको पौराणिक सम्बन्ध वारे चर्चा गरेका थिए ।

सम्बन्धित खबर