LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । दीया पुन र विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति तय भएको छ । शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज मिति घोषणा गरेका हुन् । अब यो फिल्म असार ८ गते देशव्यापी प्रदर्शन हुने भएको छ ।पोस्टरमा फिल्मका शीर्ष पात्रहरुलाई समेटिएको छ । दीया र विजयसहित रेश्मा घिमिरे, एवनराज उप्रेती लगायत पोस्टरमा चित्रित छन् । अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्न लागेको हो । एप्पलकी जेनिश पहारीले फिल्मको स्टोरीलाइन रोचक रहेको बताइन् । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा मे २ देखि स्ट्रिमिङ हुँदैछ । फिल्ममा त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।

सम्बन्धित खबर