LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

काठमाडौं । दीया पुन र विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति तय भएको छ । शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज मिति घोषणा गरेका हुन् । अब यो फिल्म असार ८ गते देशव्यापी प्रदर्शन हुने भएको छ ।पोस्टरमा फिल्मका शीर्ष पात्रहरुलाई समेटिएको छ । दीया र विजयसहित रेश्मा घिमिरे, एवनराज उप्रेती लगायत पोस्टरमा चित्रित छन् । अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्न लागेको हो । एप्पलकी जेनिश पहारीले फिल्मको स्टोरीलाइन रोचक रहेको बताइन् । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा मे २ देखि स्ट्रिमिङ हुँदैछ । फिल्ममा त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।

सम्बन्धित खबर