LIVE
रामकलेवासँगै रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर) | भोलि सम्पन्न हुदै सताव्यापी विवाहपञ्चमी महोत्सव | जनकपुरधाम विवाहपंचमी महोत्सवको रौनक | प्रहरी प्रशासनसँग मिलेर भुमाफियाहरुले आफ्नो बस्ती उजार गर्न खोजे ः लादोबेलावासी | गढीमाईको सुरक्षा अवस्था बुझ्न गृहमन्त्री गृहमन्त्री लेखक मेलामा | विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न | अयोध्याबाट हिडेका जन्ती टोली आज जनकपुरधाम पुग्दै, आज धनुष यज्ञ | ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न |

काठमाडौं । अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने । आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिए ।

‘डेलिभरी’ हुने जनअपेक्षाका कारण नयाँ दलको उदाएको हमालको तर्क छ । ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन । व्यक्ति नेताको भाषण सुन्न जाने होइन । व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो,’ उनले भने ।हमालले कलाकारको रुपमा जनताले राजेश हमाललाई हेर्न आएको भ्रममा आफू नरहेको समेत बताए । ‘जनताले मलाई हेर्न होइन, मरुपी राजेश हमालबाट अपेक्षा गरेको मनोरञ्जन निस्कन्छ कि भनेर हो । मनोरञ्जन क्षेत्रमा लागेका पब्लिक फिगर कहिल्यै पनि भ्रममा नपरौं,’ उनले भने, ‘जनताले व्यक्तिलाई होइन, उक्त व्यक्तिबाट आफ्ना कुरा सम्बोधन हुन्छ कि हुँदैन भनेर हो ।’
राजनीतिज्ञ र कलाकार हरेक समय सान्दर्भिक हुनुपर्ने उनले बताए । ‘मैले कलाकारिता गर्दा सोचिनँ कि राजेश हमाललाई नै हेर्न आएको हो । यो भ्रममा म कहिल्यै परिनँ । उहाँहरुले मबाट राख्ने अपेक्षालाई हेर्न आउनुभएको हो । त्यो सफल भयो भने उहाँहरुको नजरमा म सान्दर्भिक रहन्छु । जुन दिन डेलिभर गर्न सक्दिन, म सान्दर्भिक रहँदिन,’ उनले भने ।

हरेक कालखण्डमा नयाँ दल आउने र जाने भइरहेको उदाहरण प्रस्तुत गर्दै उनले समयसापेक्ष रुपमा सान्दर्भिक हुने मात्र टिक्न समेत बताए । ‘२००७ सालदेखि नै पुराना र नयाँ दल आउने जाने क्रम जारी छ । हालैका चुनावबाट उदाएका दललाई लिएर म पर्ख र हेरको मुडमा छु,’ उनले भने, ‘राजनीति अटोपाइलटमा हुनुपर्छ, म्यानुअलमा होइन ।’

उनले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा समेत राजनीति गर्ने बताए । ‘दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु,’ उनले भने, ‘गरें भने स्वतन्त्र रुपमा राजनीति गर्छु ।’ पछिल्लो स्थानीय निकायको चुनावमा अनलाइनखबरसँग कुरा गर्दै हमालले आगामी पाँच वर्षमा आफू सक्रिय राजनीतिमा लाग्न सक्ने संकेत गरेका थिए ।

सन्तानको योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘मधु (पत्नी) र मेरै सल्लाहअनुसार चलेको छ यो कुरा । चाहेको बेला एउटा फुटबल टिम पनि तयार हुनसक्छ । जे भइरहेको छ हाम्रै सल्लाहमा भइरहेको छ ।’

सम्बन्धित खबर