LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरिको रौजा मजार सरिफमा उर्सको रौनक छाएको छ ।
प्रत्येक वर्ष जस्तै यस वर्षपनि रौजा मजार सरिफमा उर्सेपाक (जलसा) लागेको छ । आईतवारदेखि सुरु भएको उर्स १९ गते सम्म चल्ने छ । उर्स पहिलो दिन आईतवार विहान ९ बजे समितिले मजारमा चादर पोसी गरेपछि उर्स विधिवत रुपमा सुरुवात भएको समितिका अध्यक्ष सलिम राईनले जानकारि दिए । अध्यक्ष राईनले उर्सको अवधिमा दिन र रात दुवै समयमा जलसा –धार्मिक प्रवचन) का कार्यक्रम हुने गरेको बताए । धार्मिक प्रवचनका लागि नेपाल र भारतका प्रसिद्ध इस्लामिक धार्मिक गुरुहरु उर्समा सहभागि भएकोले बताए ।


महोत्तरिको बलवा नगरपालिका वडा नम्बर ११ मा अवस्थित उक्त मजार सरिफमा लाग्ने उर्समा नेपालसहित छिमेकी देश भारतका विभिन्न स्थानबाट हजारौको संख्यामा श्रद्र्धालुभक्तजनहरु सहभागि भएको मजार विकास समितिका सहसचिव अली हुसेनले जानकारि दिए । रौजा मजार सरिफमा बाबा गदाअली शाह, बाबा वहार अली शाह र बाला रह अली शाहको संयुक्त मजार रहेको छ ।


उर्समा तीनै बाबाको मजार सरिफमा चादर पोसी हुने गरेको सहसचिव हुसेनले बताए । बाबा मजारमा आउने श्रद्र्धालु भक्तजनहरुले भाकल गरेका अनुसार वा आफ्नो खुसीले फतिया गराउने, चादर चढाउने, कुराआन सरिफको तेलावत (पढ्ने) गर्ने गरेको हुसेनले बताए ।

सम्बन्धित खबर