LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम । नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरिको रौजा मजार सरिफमा उर्सको रौनक छाएको छ ।
प्रत्येक वर्ष जस्तै यस वर्षपनि रौजा मजार सरिफमा उर्सेपाक (जलसा) लागेको छ । आईतवारदेखि सुरु भएको उर्स १९ गते सम्म चल्ने छ । उर्स पहिलो दिन आईतवार विहान ९ बजे समितिले मजारमा चादर पोसी गरेपछि उर्स विधिवत रुपमा सुरुवात भएको समितिका अध्यक्ष सलिम राईनले जानकारि दिए । अध्यक्ष राईनले उर्सको अवधिमा दिन र रात दुवै समयमा जलसा –धार्मिक प्रवचन) का कार्यक्रम हुने गरेको बताए । धार्मिक प्रवचनका लागि नेपाल र भारतका प्रसिद्ध इस्लामिक धार्मिक गुरुहरु उर्समा सहभागि भएकोले बताए ।


महोत्तरिको बलवा नगरपालिका वडा नम्बर ११ मा अवस्थित उक्त मजार सरिफमा लाग्ने उर्समा नेपालसहित छिमेकी देश भारतका विभिन्न स्थानबाट हजारौको संख्यामा श्रद्र्धालुभक्तजनहरु सहभागि भएको मजार विकास समितिका सहसचिव अली हुसेनले जानकारि दिए । रौजा मजार सरिफमा बाबा गदाअली शाह, बाबा वहार अली शाह र बाला रह अली शाहको संयुक्त मजार रहेको छ ।


उर्समा तीनै बाबाको मजार सरिफमा चादर पोसी हुने गरेको सहसचिव हुसेनले बताए । बाबा मजारमा आउने श्रद्र्धालु भक्तजनहरुले भाकल गरेका अनुसार वा आफ्नो खुसीले फतिया गराउने, चादर चढाउने, कुराआन सरिफको तेलावत (पढ्ने) गर्ने गरेको हुसेनले बताए ।

सम्बन्धित खबर