LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरिको रौजा मजार सरिफको तीन दिवसीय उर्स सम्पन्न भएको छ ।
आईतवारदेखि सुरु भएको उर्स आज दिउँसो शाहि चादर पोशी पश्चात सम्पन्न भएको हो ।भारतका पोखरैरा सरिफका मोफ्ती मोहम्मद राजाको अगुवाईमा मंगलवार नेपाल तथा भारतका इस्लामिक धर्मगुरु, प्रदेश सासद जयनुल राईन, यस क्षेत्रका मुस्लिम सामुदायका अगुवा नेता तथा नागरिक समाज, रौजा मजार सरिफ विकास समितिका पदाधिकारिहरुले संयुक्त रुपमा मजारमा शाहि चादर पोशी गरेपछि उर्स सम्पन्न भएको हो ।
उर्स सुरु भएको पहिलो दिन पनि पीर मोफ्ती मोहम्मद राजाले शाहि चादर पोशी गरेका थिए । तीन दिन सम्म चलेको उर्समा नेपाल र भारतका करिव ३ लाखभन्दा बढी श्रद्र्धालुभक्तजनहरुको सहभागि भएको रौजा मजार सरिफ विकास समितिका अध्यक्ष सलिम राईनले जानकारि दिए ।
महोत्तरिको बलवा नगरपालिका वडा नम्बर ११ मा अवस्थित उक्त मजार सरिफमा बाबा गदाअली शाह, बाबा वहार अली शाह र बाला रह अली शाहको संयुक्त मजार रहेको छ । उर्समा मुस्लिमका साथै बाबाप्रति अस्था राख्ने हिन्दु सामुदायका श्रद्र्धालुभक्तजनहरु पनि सहभागि हुने गरेको अध्यक्ष राईनले बताए । उर्स शन्तिपुण तरिकाले सम्पन्न भएको मजार सरिफ विकास समितका सहसचिव अली हुसेनले बताए ।
बाबाहरुको महिमा देखेर मजारमा श्रद्र्धालुभक्तजनहरु संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । मधेश प्रदेशको राजधानि जनकपुरधामबाट मात्रै ९ किलो मिटर दुरीमा रहेको रौजा मजार सरिफलाई धार्मिक पर्यटक क्षेत्रको रुपमा विकास गरेको खण्डमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए । गल्फ समाज सेवा अन्तगर्त रहेका मुस्लिम शान्ति सेवाका अध्यक्ष तुफान अन्सारीले मेला कुनै प्रकारको अप्रिय घटना नभएको र शान्तिपुर्ण रुपमा उर्स सम्पन्न भएको बताए । मुस्लिम शान्ति सेवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरि उर्स मेलाको सम्पुर्ण सुरक्षा व्यवस्थापन गरेको अध्यक्ष अन्सारीले बताए ।

सम्बन्धित खबर