LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरिको रौजा मजार सरिफको तीन दिवसीय उर्स सम्पन्न भएको छ ।
आईतवारदेखि सुरु भएको उर्स आज दिउँसो शाहि चादर पोशी पश्चात सम्पन्न भएको हो ।भारतका पोखरैरा सरिफका मोफ्ती मोहम्मद राजाको अगुवाईमा मंगलवार नेपाल तथा भारतका इस्लामिक धर्मगुरु, प्रदेश सासद जयनुल राईन, यस क्षेत्रका मुस्लिम सामुदायका अगुवा नेता तथा नागरिक समाज, रौजा मजार सरिफ विकास समितिका पदाधिकारिहरुले संयुक्त रुपमा मजारमा शाहि चादर पोशी गरेपछि उर्स सम्पन्न भएको हो ।
उर्स सुरु भएको पहिलो दिन पनि पीर मोफ्ती मोहम्मद राजाले शाहि चादर पोशी गरेका थिए । तीन दिन सम्म चलेको उर्समा नेपाल र भारतका करिव ३ लाखभन्दा बढी श्रद्र्धालुभक्तजनहरुको सहभागि भएको रौजा मजार सरिफ विकास समितिका अध्यक्ष सलिम राईनले जानकारि दिए ।
महोत्तरिको बलवा नगरपालिका वडा नम्बर ११ मा अवस्थित उक्त मजार सरिफमा बाबा गदाअली शाह, बाबा वहार अली शाह र बाला रह अली शाहको संयुक्त मजार रहेको छ । उर्समा मुस्लिमका साथै बाबाप्रति अस्था राख्ने हिन्दु सामुदायका श्रद्र्धालुभक्तजनहरु पनि सहभागि हुने गरेको अध्यक्ष राईनले बताए । उर्स शन्तिपुण तरिकाले सम्पन्न भएको मजार सरिफ विकास समितका सहसचिव अली हुसेनले बताए ।
बाबाहरुको महिमा देखेर मजारमा श्रद्र्धालुभक्तजनहरु संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । मधेश प्रदेशको राजधानि जनकपुरधामबाट मात्रै ९ किलो मिटर दुरीमा रहेको रौजा मजार सरिफलाई धार्मिक पर्यटक क्षेत्रको रुपमा विकास गरेको खण्डमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए । गल्फ समाज सेवा अन्तगर्त रहेका मुस्लिम शान्ति सेवाका अध्यक्ष तुफान अन्सारीले मेला कुनै प्रकारको अप्रिय घटना नभएको र शान्तिपुर्ण रुपमा उर्स सम्पन्न भएको बताए । मुस्लिम शान्ति सेवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरि उर्स मेलाको सम्पुर्ण सुरक्षा व्यवस्थापन गरेको अध्यक्ष अन्सारीले बताए ।

सम्बन्धित खबर