महोत्तरीको बलबा नगरपालिकामा एक कार्यक्रमका बिच मस्जिदको शिलान्यास गरिएको छ ।
बुधबार बलबा नगरपालिका वडा नम्बर-११ (टिकुलिया टोल)मा मधेस प्रदेशका प्रदेशसभा सदस्य जयनुल राईले मस्जिदको शिलान्यास गरेका हुन् ।
रमजान, इदको समयमा एकै ठाउँमा नमाज पढ्न जानुपर्थ्यो यसले समस्या हुने गर्थ्यो अब आफ्नै घर नजिक मुस्लिम दाजुभाइहरुले जुनसुकै समय सहजरुपले नमाज लगायतको धार्मिक गतिविधि गर्न सक्ने उनले बताए ।१३ लाख रूपैयाँको लागतमा बन्ने उक्त मस्जिदमा स्थानियले समेत आ-आफ्नो स्तरबाट सहयोग गरिरहेको बलबा नगरपालिका वडा नम्बर-११ का लोसपा सभापति संतोष सिहंले जानकारी दिए ।
मस्जिद शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जयनुल राइन, वडा नम्बर-११ का वडाध्यक्ष अशोककुमार यादव, लोसपाका वडासभापति सन्तोष सिंह, युवा नेताहरु नवनित झा, अभिमन्यु कुमार, जागेश्वर चौधरी, सयिम कवारी लगायतकाहरूको उपस्थिति रहेको थियो ।