LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौँ । आगामी असार ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ । यसमा रहस्य, कौतुहलता र भावनालाई समेट्ने प्रयत्न गरिएको छ ।प्रदीप शाही निर्देशित यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । फिल्मको कथावस्तु एक रहस्यमय हत्याको वरपर फन्को मार्छ । फिल्मले हराएको व्यक्तिको खोजी गर्छ ।

फिल्ममा विजय लामा, दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ ।साई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद सुवेदीले निर्माण गरेका हुन् । फिल्मको देशब्यापी वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्टले लिएको छ ।

सम्बन्धित खबर