
काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् ।समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले बताएकी थिइन् । त्यसको केही महिनापछि अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टीमा एकसाथ देखिएपछि यी दुईबीचको मनमुटाव मत्थर भएको अनुमान गरिएको थियो ।