LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । जनकपुरधाममा कुटपिटबाट गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपहमानगरपालिका– ७ बस्ने जाकिर कवाडीका २६ वर्षिय छोरा रब्बानी राईनको बुधावर उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलवार साँझ घरमै बोलाउन आएका साथिहरुसँग राईन वाहिर गएको राईनलाई अनुज तिवारी नामका एक साथिले प्रदेशिक अस्पताल जनकपुरधाममा राती ११ बजे घाईते अवस्थामा भर्ना गराएर फरार भागेका थिए । राती अस्पतालमै मोवाईल छुटाएका तिवारीले बुधवार विहान मोबाईल लिन आउदाँ राईनका आफन्त र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
राईनको शरिरभरि चोटपटक लागेको ढामहरु देख्न्छि । मृतकको शव पोस्टमाटको लागि प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । यता, प्रहरीले घटनाको अनुसन्धानको क्रममा तिवारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक विश्वराज खड्काले घटनामा संल्गन रहेकाहरुको खोजि कार्य जारी रहेको र अहिले पराम्भिक अनुसन्धानमा कुटपिटबाट राईनको मृत्यु भएको हुन सक्ने देखिएको बताए ।

 

सम्बन्धित खबर