
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सुन्दर र व्यवस्थित बनाउन अनावश्यक रुपमा ठाउँमा झुण्डयाएको प्रचार समाग्री तथा फुटपाथ हटाउने अभियान सुरु गरेको छ
उपमहानगरपालिकाको अनुमति विपरित बजारमा रहेको बिजुलीका पोल तथा विभिन्न सार्वजनिक स्थानमा लगाइएका प्रचार समागी हटाउने अभियान मंगलवारदेखि सुरु गरेको छ । अवाश्यक र व्यस्थित रुपमा झुण्डाएको प्रचार समाग्री शहर बजार कुरुप बनाएकोले सो अभियान सुरु गरिएको उपमहानगरपालिका मेयर मनोज कुमार साहले बताए ।
अभियान अन्तर्गत प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाईने उनले बताए । शहरको सौन्दर्य बिगार्न सबैभन्दा बढी भानुचोक, रामानन्द चोक, शिवचोक, जनकचोक, विद्यापति चोकलगायतका स्थानमा विज्ञापन सामग्रीहरू अनुमति विना नै लगाइएको देखिन्छ ।
नगर प्रहरीले भित्तेलेखन, पोल, खम्बा र भित्तामा टाँसिएका पर्चा, पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाइरहेको छ । सार्वजनिक सडक (दोस्रो संशोधन) २०४६ ले सार्वजनिक सडकको आवगमनमा बाधा पुर्याउने माल वस्तु हटाउने अधिकार स्थानीय निकायलाई दिइएको उनले बताए । सोही ऐनलाई तेकेर आफुले सो अभियान संचालन गरेको मेयर साहले बताए ।
ऐनमा सडक विभाग तथा स्थानीय निकायको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिनेगरी वा सीमाभित्रको जग्गा आवादी गर्न वा त्यस्तै अन्य कुनै कार्य गर्न नहुने उल्लेख छ । शहरभित्र सबैभन्दा बढि विद्यालय तथा शैक्षिक संस्था र व्यक्तिगत रूपमा शुभकामनाका नाममा प्रचारप्रसारका बोर्डहरू देख्न सकिन्छ ।
यसैबच, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले फुटपाथमा कुनै प्रकारको सामग्री नराख्न चेतावनी दिएका छन् । आ–आफ्नो पसलको आगाडिको सरसफाइ आफै गर्न व्यवसायीहरुलाई आग्रह गर्दै प्रजिअ दाहालले फुटपाथ प्रयोग गरिए सामग्री जफ्त गर्ने चेतावनी समेत दिएका छन् ।