LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । मुलुकमा नक्कली भुटानी शर्णाथी प्रकरणका दोषिहरुलाई कडा कारर्वाहीको माग भईरहेको वेला जनकपुरधामका नागरि समाजले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि विगतका वर्षहरुका भएका भ्रष्टाचारका घटनाहरु वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकारको साइकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियान सहितको सुक्षम अनुसन्धान गरि दोषिलाई काडा कारर्वाहीको माग गर्दै नागरिक समाजका अनुवाहरुले मंगलवार जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् ।
‘दलीय भागवण्डा र भ्रष्टाचारविरुद्ध एक होऔं’ भन्ने नाराका साथ नागरिक समाजका अगुवाहरु मंगलवार जनकपुरधाममा विरोध प्रदर्शन गरका हुन् ।
। राजनीतिकर्मी तथा समाजसेवी रामरिझन यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो । पैसाका लागि आफ्नै देशका नागरिकलाई शरणार्थी बनाउने, देशको द्रोही जस्ता घृर्णित कार्य गृहमन्त्री जस्तो पदमा बसेका व्यक्तिबाट हुनु अक्षम्य अपराध भएको यादवले बताए ।
नक्कली शरणार्थीसहितका विगतका वर्षहरुका भएका विभिन्न भ्रष्टाचारका घटनाहरुको निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दारायामा ल्याउनुपर्ने उनले माग गरे । समाजमा भ्रष्टाचार जड बलियो हुदै गएको भन्दै यादवले भ्रष्टाचार विरुद्ध अवाज उठाउन नागरिक समाजसँग उनले आग्रहा समेत गरे ।
प्रदर्शनमा नागरिक समाजका बालकेशर ठाकुर, भाई विपती मण्डल, युवा अभियानी दिनेश पूर्वे, धिरेन्द्र साह सहितका समाजिक अभियानीहरुले विगतका भएका विभिन्न भ्रष्टाचार काण्डका निष्पक्ष छानविन गरी दोषीलाई कारर्वाही गनुपर्ने उनीहरुको भनाई थियो । यादवले मधेश प्रदेशका विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्धको अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेका छन् ।

सम्बन्धित खबर