LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले विभिन्न मागहरु लिए बिरगंजदेखि काठमाण्डौ सम्मको पदयात्रा सुरु गरेको छ ।
विरगंजको सिरसिया नदीलाई प्रदुषण, अपहरणमुक्त गराउन र भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलन अन्तर्गत अव काठमाण्डौ केन्द्रित आबिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने अभियानीहरुको भनाई छ ।
वीरगञ्जबाट सुरु गरेको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिरसिया नदीको प्रदुषित पानी पोख्ने र सरकारले त्यसले पनि नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने चुरे अभियानी सरोज रायले जानकारी दिए । मधेश प्रदेशमा पटक आन्दोलन गरेपनि कुनै सुनवाई नहुने, प्रदेश सरकारले सम्झौता गरेपनि कार्यान्वयन नगर्ने जस्ता समस्याको कारण अव आफुहरु काठमाण्डौ केन्द्रित आन्दोलन गर्न लागेको उनको भनाई थियो ।

सम्बन्धित खबर