LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ मा व्यस्त छन् । यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए । हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । डम्बेल उठाउँदा सलमानलाई यो चोट लागेको हो ।

फोटो सेयर गर्दै सलमानले लेखेका छन्, ‘जब तपाईलाई लाग्छ कि तपाई सारा संसारको भार आफ्नो काँधमा बोक्दै हुनुहुन्छ, तब उनीहरु भन्छन् संसार छोड र पाँच किलोको डम्बेल उठाएर देखाऊ । बाघ घाइते छ ।’ भएका छन् । सलमानको यो तस्वीर देखेर फ्यान चिन्तित छन् र उनको स्वास्थ्यको बारेमा सोधिरहेका छन् ।

टाइगर ३’ मा सलमानको अपोजिट कट्रिना क्याफले अभिनय गरेको बताइएको छ । ‘टाइगर’ फ्रेन्चाइजको यो तेस्रो फिल्म हो । यो फिल्ममा शाहरुख खानले केमियो भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा टाइगर र पठानको एक्सन समावेश गरिएको छ । जसका लागि आदित्य चोपडाले छुट्टै बलियो सेट बनाएका छन् । यो सेट बनाउन ३५ करोड भारु खर्च भएको छ ।

मनीष शर्मा निर्देशित ‘टाइगर ३’मा इमरान हाश्मी पनि रहनेछन् र नोभेम्बर १० मा रिलिज हुनेछ । यो फिल्मपछि शाहरुख र सलमानको नयाँ फिल्म ‘टाइगर भर्सेस पठान’ को सुटिङ सुरु हुनेछ । सलमान र शाहरुखले यो फिल्मको सुटिङ २०२४ देखि सुरु गर्ने बताइएको छ । ‘पठान’ मा शाहरुखको अपोजिटमा सलमान देखेदेखि नै फ्यानले यी दुई स्टारलाई पर्दामा एकसाथ हेर्न आतुर छन् ।

सम्बन्धित खबर