LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । एक अवार्ड समारोहका लागि बिहीबार काठमाडौं आइपुगेकी अभिनेत्री विपना थापाले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन् । विमानस्थलमा सञ्चारकर्मीले उनलाई अभिनय योजनाबारे सोधेका थिए । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’सँगै १७ वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् ।

विमानस्थलमा उनले भनिन्, ‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’ ह्रस्वदीर्घबाहेक अन्य केही फिल्मबाट समेत अफर आइरहेको बताउँदै उनले यसबारे निधो नभइसकेको जानकारी दिइन् ।

अन्य फिल्मबाट प्रस्ताव आइरहेको छ । सुहाउँदो भूमिका पाएँ भने अवश्य फिल्म गर्नेछु,’ उनले भनिन्, ‘ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । अरु एक–दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’ छोरा पनि हुर्किसकेकाले आफू हिजाओज स्वतन्त्र भएको उनले बताइन् ।

‘अब फिल्ममा लगातार काम गर्ने हो । छोरा पनि ठूलो भइसकेको छ । अहिले म फ्रीजस्तै छु,’ उनले भनिन् । उनले माइती देशको प्रशंसा गर्दै पहिले एक वर्षको अन्तरालमा आउने गरे पनि अहिले भने केही महिनाकै अन्तरमा आउने गरेको सुनाइन् । कहिलेकाहीं त्यही सबथोक छाडेर नेपाल आऊँ कि जस्तो लाग्ने गरेको उनले सुनाइन् ।

विपनाले ८० र ९० को दशकमा झण्डै ७० फिल्ममा अभिनय गरेकी छन् । २०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज फिल्म ‘संघर्ष जिन्दगीको’ २०६७ सालमा रिलिज भएको थियो । घरजमपछि उनी भारतमा बस्दै आएकी छन् ।

सम्बन्धित खबर