काठमाडौं । मिस नेपाल २०२३ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ । यसवर्षको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।२४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थजस्ता तीन ठूला विधाको विजेता घोषणा हुनेछन् ।


