LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । मिस नेपाल २०२३ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ । यसवर्षको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।२४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थजस्ता तीन ठूला विधाको विजेता घोषणा हुनेछन् ।

१२ सहविधाको समेत घोषणा हुनेछ । फिनालेमा चर्चित नेपाली रकस्टार अभया सुब्बाले एकल सांगीतिक प्रस्तुति दिनेछिन् ।नयाँ मिस नेपाललाई अघिल्लो वर्षकी विजेता प्रियंकारानी जोशी, मिस इन्टरनेसनललाई न्यान्सी खड्का र मिस अर्थलाई सरिशा श्रेष्ठले ताज लगाइदिनेछन् । हिडन ट्रेजरले अन्तिम तयारी पुरा भएको जनाएको छ ।फिनालेको होस्ट मोडल तथा टिभी होस्ट सहाना बज्राचार्यले गर्नेछिन् भने पत्रकार, खेलाडी, कलाकार, उद्यमीसहितका ११ जना निर्णायक रहेका छन् । मिस नेपाल प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

सम्बन्धित खबर