LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । जनकपुरधाममा पाँच दिने पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा प्रकाशक महासंघ नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको शुक्रवारदेखि सुरु भएको हो । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । प्रकाशक महासंघका अध्यक्ष शंकर साहको अध्यक्षता एंव जनउमपाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी राम भरत साह, बिष्णु मणि दाहाल, पत्रकार महासंघ मधेस प्रदेशका सभापति राजेश कर्ण, पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत, मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, अर्जुन बहादुर क्षेत्री, जनपा वडा नम्बर २३ का वडाध्यक्ष राघवेन्द्र साह, रेडियो नेपालका जनकपुर प्रतिनिधि अजय कुमार झा लगायतले सम्बोधन गरेका उक्त कार्यक्रमको सञ्चालन प्रकाशक महासंघका सचिव उपेन्द्र भगत नागवंशीले गरेका थिए ।
२० जना युवा युवतीहरू प्रशिक्षणमा सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खबर