LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

ज्नकपुरधाम । अरुको पीडामा वारे दैनिक समाचार लेख्ने सञ्चारकर्मी आफै उचित पारिश्रमिक नपाईरहेपनि राज्यले उनीहरुको समस्या प्रति गम्भिर नरहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
न्युन्तम पारिश्रमिक निधारण समितिले आईतवार जनकपुरधाममा आयोजना गरेको श्रमिजीवी पत्रकार ऐन कार्यान्वयको अवस्थाको चुनौती र भावि रणनीति विषय प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा न्युन्तम पारिश्रमिक निधारण समितिकी अध्यक्ष संगिता खड्काले पत्रकारहरुको न्युन्तम पारिश्रमिक निधारण समितिलाई आवश्यकता अनुसारको हक अधिकार नहुदाँ पत्रकारहरुको पारिश्रमिक सम्बन्धी समस्या समाधान हुन नसकिरहेको बताईन । पत्रकारहरुको न्युन्तम पारिश्रमिक निधारण सम्बन्धी ऐनले बोल्न अधिकार दिएपनि कारवाही गर्ने अधिकार नदिएकोले अधिकाश श्रमजीवी पत्रकार शोषणमा परेको उनले बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालका अधिकांश पत्रकारहरुले श्रम शोषणमा पर्ने गरेको बताए । पत्रकारहरुको न्युन्तम पारिश्रमिक निधारण सम्बन्धी ऐन आएपनि त्यो कार्यान्वयमा नआउदाँ पत्रकारहरुको शोषणमा पर्ने गरेको उनको भनाई थियो । उनले न्युन्तम पारिश्रमिक निधारण सम्बन्धी ऐन कार्यान्वयमा ल्याउन सबै प्रदेशबाट पत्रकारहरुले दवाव दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघले थालेको शुद्धिकरण अभियान अहिलेको आवश्कता रहेकोले त्यसलाई गम्भिरतापुर्व कार्यान्वयन गर्नुपर्ने बताए । पत्रकार महासंघ क्रियाशिल पत्रकारहरुको संगठन हुनुपर्ने बताउदै अध्यक्ष पोखरेलले भने,‘ हाम्रो भित्र रहेको विृकति र समस्यालाई सुधार गर्न सकैनौ भने राजनीतिक पार्टी वा अन्य संस्थामाथि प्रश्न गर्न ठाउँ रहदैन, त्यसकारण यसलाई गम्भिरतापुर्वक लिएर प्रदेश र जिल्लाका शाखाहरुले पत्रकार शुद्धिकरण अभियान थाल्नुपर्छ ।’
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ मधेश प्रदेश शाखाका अध्यक्ष राजेश कर्णले गरेको थियो ।

 

 

सम्बन्धित खबर