LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

ज्नकपुरधाम । अरुको पीडामा वारे दैनिक समाचार लेख्ने सञ्चारकर्मी आफै उचित पारिश्रमिक नपाईरहेपनि राज्यले उनीहरुको समस्या प्रति गम्भिर नरहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
न्युन्तम पारिश्रमिक निधारण समितिले आईतवार जनकपुरधाममा आयोजना गरेको श्रमिजीवी पत्रकार ऐन कार्यान्वयको अवस्थाको चुनौती र भावि रणनीति विषय प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा न्युन्तम पारिश्रमिक निधारण समितिकी अध्यक्ष संगिता खड्काले पत्रकारहरुको न्युन्तम पारिश्रमिक निधारण समितिलाई आवश्यकता अनुसारको हक अधिकार नहुदाँ पत्रकारहरुको पारिश्रमिक सम्बन्धी समस्या समाधान हुन नसकिरहेको बताईन । पत्रकारहरुको न्युन्तम पारिश्रमिक निधारण सम्बन्धी ऐनले बोल्न अधिकार दिएपनि कारवाही गर्ने अधिकार नदिएकोले अधिकाश श्रमजीवी पत्रकार शोषणमा परेको उनले बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालका अधिकांश पत्रकारहरुले श्रम शोषणमा पर्ने गरेको बताए । पत्रकारहरुको न्युन्तम पारिश्रमिक निधारण सम्बन्धी ऐन आएपनि त्यो कार्यान्वयमा नआउदाँ पत्रकारहरुको शोषणमा पर्ने गरेको उनको भनाई थियो । उनले न्युन्तम पारिश्रमिक निधारण सम्बन्धी ऐन कार्यान्वयमा ल्याउन सबै प्रदेशबाट पत्रकारहरुले दवाव दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघले थालेको शुद्धिकरण अभियान अहिलेको आवश्कता रहेकोले त्यसलाई गम्भिरतापुर्व कार्यान्वयन गर्नुपर्ने बताए । पत्रकार महासंघ क्रियाशिल पत्रकारहरुको संगठन हुनुपर्ने बताउदै अध्यक्ष पोखरेलले भने,‘ हाम्रो भित्र रहेको विृकति र समस्यालाई सुधार गर्न सकैनौ भने राजनीतिक पार्टी वा अन्य संस्थामाथि प्रश्न गर्न ठाउँ रहदैन, त्यसकारण यसलाई गम्भिरतापुर्वक लिएर प्रदेश र जिल्लाका शाखाहरुले पत्रकार शुद्धिकरण अभियान थाल्नुपर्छ ।’
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ मधेश प्रदेश शाखाका अध्यक्ष राजेश कर्णले गरेको थियो ।

 

 

सम्बन्धित खबर