
काठमाडौं । गत वैशाख ३१ गते रिलिज भएको फिल्म ‘कृष्णलीला’बाट डेब्यु गरेकी अभिनेत्री श्रद्धा क्षेत्रीले फेसबुकमा लेखिन्, ‘अवार्ड खरिद गर्न पनि सकिन्छ, तर इनाम भने कमाउनुपर्छ ।’सिने सर्कल अवार्डमा आफूले अवार्ड नपाएपछि क्षेत्रीले यस्तो विवादास्पद प्रतिक्रिया दिएकी थिइन् । अवार्ड खरिद गर्न सकिने बताएपछि उनको यो बोलीलाई कतिपयले समर्थन गरे भने कतिले नपाएको झोंक भनेर टिप्पणी पनि दिए ।