LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । जनकपुरमा मैथिली भाषा, साहित्य तथा साँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले तीन दिवसीय साहित्य महोत्सव सुरु भएको छ ।
मैथिली भाषास तथा साहित्यको क्षेत्रमा काम गर्ने विमर्श फाउण्डेशनले जनकपुरधाममा तीन दिने साहित्य महोत्सव ‘विमर्श’ आयोजना गरेको छ । उक्त महोत्सवको शनिवार मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुख मिश्रले पश्चिमी सम्भयताले मैथिली भाषा, साहित्य एवं संस्कृतिलाई समाप्त हुदै गएकोले यसको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । मैथिली भाषा र साहित्यलाई समृद्ध बनाउन यसलाई जनजनको भाषाको रुपमा विकास गर्नुपर्ने बताए । कतिपय मिथिलाको धरोहरहरू लोप हुन थालको बताउँदै तिनको संरक्षण एवं उजागर गर्न यस्ता कार्यक्रमले टेवा पुग्नेमा उनको भनाई थियो ।
विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा सुरु भएको महोत्सवमा मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ट व्यक्तिहरूले परिचर्चा गर्ने आयोजक संस्थाकी अध्यक्ष विभा झाले बताईन ।


विमर्शमा भाषा विज्ञ प्रा.डा.रामावतार यादव,वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झा, रामभरोस कापडी, डा. कमल मोहन, डा. रमानन्द झा, डा. अरुणाभ सौरभ, बालमुकुन्द, अजित आजाद, कथाकार अशोक, प्रदीप बिहारी, गुञ्जन श्री, डा. तारानन्द वियोगी, डा. अशोक कुमार मेहता, रोशन जनकपुरी, महेन्द्र मलंगिया, परमेश्वर कापडी सहितका साहित्यकारहरुको सहभागिता रहेको छ ।

सम्बन्धित खबर