LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।‘भारतमा फिल्म चलिरहेको छ तर नेपालमा रोकिएको छ । खास भएको के हो, यसबारे अन्योल छाएपछि स्पष्ट हुन कूटनीतिक पहलको लागि पत्र पठाएका हौं,’ सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले  भने, ‘द्विपक्षीय सम्बन्ध र चलचित्र बजारको कुरा पनि भएकाले पत्र लेखिएको हो ।’

यो विवादमा आवश्यक समन्वय र कूटनीतिक पहल गरिदिन भन्दै सञ्चारले पत्रमार्फत परराष्ट्रलाई आग्रह गरेको हो । ‘सेन्सर बोर्डले पास गरेर पनि फिल्म प्रदर्शनको अनुमति दिएको हो । तर पनि विवाद रोकिएको छैन । हामी यसबारे थप स्पष्ट हुन खोजिरहेका हौं,’ उनले भने ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्षेत्राधिकारभन्दा बाहिर गएर फिल्म प्रदर्शन रोकेको भन्दै काठमाडौं महानगरका मेयर बालन शाहविरुद्ध घुमाउरो कटाक्ष गरेकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक भएर स्टन्ट नगर्न आग्रह गरिन् । यसैबीच यो विवादमा कूटनीतिक पहलका लागि मन्त्रालयलाई पत्र लेखिएको समेत उनले उल्लेख गरिन् ।

सम्बन्धित खबर