काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने स्रोतको भनाइ छ ।
जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।तर महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका छ ।