LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । इस्लाम धर्माम्लवीहरुले विहिवार धुमधामका साथ आफ्ना दोस्रो ठुलो महान पर्व बकरईद मनाउदै छन् ।

खाडी मुलुक सउदी, कत्तार, कुवेत, दुवई सहितका देशमा बुधवार नै बकरइद(इद उल अजहा) पर्व मनाइएपनि नेपाल, भारत, पाकिस्तान, बंगलादेशसहितका मुलुकमा विहिवारदेखि मात्रै बकरइद पर्व सुरु हुदैछ । बकरइदको अवसरमा नेपाल सरकारले विहिवार सार्वजनिक विदा पनि दिएको छ । प्रत्येक वर्ष झै इस्लामिक महिना जिलहिजाको दश्मी तारिख देखि १३ तारिख सम्म अर्थात ३ दिन यो पर्व मनाईन्छ । जिलहिजा इस्लामिक क्यालेण्डरको अन्तिम महिना रहेको र यो महिना मै आर्थिक रुपमा सम्पन्न संसारभरिका मुस्लिम हज गर्न सउदीको मक्का मदिना जाने गर्छन् ।

बकरइदको पर्वको पहिलो दिन इस्लाम धर्माबलम्बीहरु जस्तै नमाज पढि एक–अर्कालाई अंगालो हाल्दै बक्रिद मुवारख भनेर शुभकामना अर्दान–प्रदान गर्ने गर्नछन् । बकरइदको नमाज समाप्ती पछि उनिहरुले कुर्वानी अथार्त बलि प्रदान गर्ने गर्छन् । इस्लामका धर्मगुरुहरुका अनुसार कुर्वानी भनेको कुनै खास जानवरलाई कुनै खास उदेश्यका लागि अल्लाहको राहमा अर्थात अल्लाहकै लागि जवह गर्नु (बलि प्रदान गर्नु) भने बुझिन्छ् । कुर्वानीका लागि उनिहरुले पहिले देखिनै स्वस्थ्य, आकर्षक जानवर खसिवोका , बाझो बक्री, रंङ्गा तथा मुलुकको परिवेश अनुसार जानवरहरु पाल्ने गर्छन् । र बकरइदमा त्यसको बलि दिने गर्छन् । बजारभन्दा घरमै पालेर राखेको जानवरको बलि प्रदान गर्दा धार्मिक हिसाबले उत्तम मानिन्छ । कुर्वानी गरिएको जानवरको मासु तीन हिस्सामा बाडि एक हिस्सा गरिव विपन्न, एक हिस्सा नातेदारलाई वित्तरण गरि एक हिस्सा मात्रै आफ्नो लागि राख्ने चलन छन् ।
आर्थिक रुपमा समपन्न तथा साढे सात तोल सुन भन्दा बढी सम्पति भएको मुसलमानलाई कुर्वानी दिनु अनिर्वाय गरिएको इस्लाम धर्मगुरु मौलना, मोस्फतीहरु बताउछन् । बकरइद पर्वमा कुर्वानी हजरत इब्राहिम अलैहिसलामको सुनत हो रहेको छ ।
इस्लामका प्रमुख नवि मध्येकका हजरत इब्राहिम अल्हेसलाम एकदिन राति सुतिरहेको वेला सपनामा कुर्वानी गरेको देख्छन् । अल्लाहले हजरत इब्राहिम अल्हेसलामलाई तिमि आफ्नो सबभन्दा प्रियलाई मेरो लागि कुर्वानी गर भनेर भन्छन्,त्यही सपना उनी लागातार तीन राती सम्म सपनामा देख्छन् । त्यसपछि हजरत इब्राहिम अल्हेसलामले बुढेसकालमा पाएको छोरालाई नै मेरो लागि सबैभन्दा प्रिय रहेको र अल्लाहले छोराको बलि नै मागेको भन्दै छोरा हजरत इश्माईल अल्हेसलामलाई कुर्वानी दिने तयार हुन्छ ।’
सपनामा अल्लाहे आदेश गरे अनुसार हजरत इब्राहिम अल्हेसलामले आफ्ना प्रिय छोरा हजरत इश्माईललाई नुहाईधुवाई गरि सफासुघर गरि नयाँ कपडा लगाई दिएर गाउँ भन्दा पर कुर्वानी दिनको लगि लग्छन् । बाटोमा सैतानहरुले हजरत इश्माईललाई तिम्रो बुबा हजरत इब्राहिमले तिमिलाई कुर्वानी(बलि) दिनको लागि लगिरहेको भनिदिन्छन् ।
बुबाको योजना थाहा पाएपछि छोरा खुसि हुदै भन्छन्, अल्लाहे मागेपछि मेरो बुबाले म मात्रै होईन, उहाँको अन्य सन्तान भएको खण्डमा पनि उनीहरुलाई कुर्वानी दिदाँ पनि कम हुन्थियो । अल्लाहको लागि मेरो कुर्वानी बुबाले दिन लाग्नु भएकोमा म धेरै खुसिछु भन्दै सैतानहरुलाई हप्काएर जवाफ पर्काउछन् ।’ त्यसपछि हजरत ईश्माईल अल्हेसलामले बुबालाई भन्छन्, बुबा मलाई कुर्वानी दिने वेलामा तपाई आफ्नो आँखा कपडाले छोप्नु होला । यसो गर्दा तपाईलाई मेरो प्रति दाया जागेर आउदैनन् र तपाई मलाई बलि प्रदान गर्न सक्नु हुन्छ । छोराको यति कुरो सुनेपछि हजरत इब्राहिम अल्हेसलाम छोराको गालामा गाला मिलि रुन थाल्छन् । तर पछि हजरत इश्माइलले बुवालाई सम्झाई बुझाई गरि आफ्नो बलि दिन राजि गराउछन् ।’
हजरत इब्राहिमले आफ्ना ज्यानभन्दा प्रिय एक्ला छोराको घाँटिमा जतिपनि छुरा रेटेपनि काटि रहेको हुदैन । त्यतिवेला हजरत इब्राहिम अल्हेसलामले अल्लाहलाई स्मरण गर्दै भन्छन्, या अल्लाह म आफ्नो ज्यानभन्दा प्रिय एक्ला छोरालाई तिम्रो लागि कुर्वानी दिईरहेका छौ । तिमि यसलाई कबुल गर ।’ त्यसपछि नेपथ्यबाट अल्लाहको अवाज आउछन्, इब्राहिम तिमिले दिएको कुर्वानी मैले कबुल गरिसके, तिमि आफ्नो आँखा खोल । आँखा खोलेपछि छोरा इश्माईलको ठाउँमा दुम्बाको कुर्वानी भएको हुन्छ । अल्लाह भन्छन्, इब्राहिम म तिम्रो इमानको परीक्षण गरेको छु । बुढेसकालमा तिमिलाई मैले नै दिएको छोरा मेरो राहमा कुर्वानी दिन्छौ कि दिदैनौ भनेर परीक्षण गरेको हु, तिमि त्यसमा पास भयौं ।’ त्यसपछि बुबा छोरा घर फर्केछन् । सोही घटनाको सम्झानामा संसारभरिका मुस्लिम सामुदायले प्रत्येक साल बकरइद पर्व मनाउने गरेको मौलनाहरु बताउछन् ।
मौलना मोफ्ति अहमद हुसेन भन्छन,‘ कुर्वानी भनेको कुनै खास जानवरको कुर्वानी दिनु मात्रै होईन । कुर्वानी भने आफ्नो भित्र रहेका खराब बानि,विचार, व्यवहारलाई पनि अल्लाहको लागि त्याग गर्नुपनि कुर्वानी हो ।’

सम्बन्धित खबर