LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । समायोजन भई मधेश प्रदेशमा आएका निजामाति कर्मचारिहरु आध्यावधिक सम्बन्धि सम्पुर्ण कार्य अव प्रदेशबाटै हुने भएको छ ।
प्रदेशमा समायोजन भएर आएपनि प्रदेशका निजामति कर्मचारिको सम्पति विवरण, अवकास, लगायतका सम्पुर्ण कार्य राष्ट्रिय निजामति किताब खानाले गर्दै आएकोमा अव प्रदेश निजामती किताब खानाले गर्ने भएको छ । बुधवार एक कार्यक्रम बीच प्रदेश निजामति कर्मचारिको आध्यावधिक गर्ने जिम्मेवारि राष्ट्रिय निजामति किताब खानाले अव प्रदेश निजामति किताब खानालाई हस्तारण गरेको छ ।
प्रदेशका निजामति कर्मचारिहरुको अध्यावधिक कार्य अव मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट हुने छ । राष्ट्रिय किताब खानाले कर्मचारिहरुको आध्यावधिक गर्दै आएकोमा अव मधेश प्रदेशका आएका कर्मचारिहरुको सम्पुर्ण विवरण रहेको पिआईएस पोर्टलको संचालनको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । पोर्टल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले यसले प्रदेशमा निजामती कर्मचारीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै विवरण लिन काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य हुने बताए ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले निजामती किताब खानाले मधेश प्रदेशमा वैज्ञानिक सूचना प्रणालीको हस्तान्तरणले निजामती कर्मचारीको सम्पूर्ण विवरण प्रदेशमा नै सुरक्षित रहने बताए । मधेश प्रदेश सरकारले १ महिना भित्रमा नै स्थानीय तहको विधेयक प्रदेशबाट पारित गरेर प्रदेशमा रिक्त रहेको दरबन्दीमा प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गराउने पक्षमा सरकार रहेको बताए ।
कार्यक्रममा प्रदेश प्रदेशका निमित प्रमुख सचिव किशोर कुमार चौधरीले उक्त पोर्टलको सञ्चालनले मधेश प्रदेशमा निजामती कर्मचारी तथा स्थानीय तहमा खटेका निजामती कर्मचारीहरूको सेवामा सुधार आउने बताए । पिआईएस प्रणालीले कर्मचारीहरूको नियुक्ति देखिको सम्पूर्ण विवरणहरू समावेश र सुरक्षित रहने बताउँदै पोर्टलले सूचना क्यानको रुपमा काम गर्ने उनको भनाई थियो । कर्मचारिको सम्पति विवरण, अवकासको समय, सरुवा बढुवा अव सबै प्रदेशबाटै हुने उनले बताए । प्रदेश प्रशासनलाई व्यक्ति गर्ने उदेश्यले सचिव चौधरीले यो प्रक्रिया अगाडी बढाएका थिए । आजको दिन प्रदेशको लागि ऐतिहासिक दिन रहेको उल्लेख गर्दै सचिव चौधरीले संघियतालाई संस्थागत गर्न यो कार्यले टेवा पुग्ने बताए ।
राष्ट्रिय किताब खाना उपमहानिर्देशक सुशीला अर्यालले प्रदेशका कर्मचारीहरूको विवरण अध्यावधिक गर्ने पोर्टल हस्तान्तरण भएपछि यसले निजामती कर्मचारीलाई सुविधा पुग्ने बताए । यस अघि किताब खानाले बागमती, गण्डकी र कोशी प्रदेशमा हस्तान्तरण गरिसकेको पनि बताए ।

सम्बन्धित खबर