
जनकपुरधाम । कुनै समय फोहर नै फोहरको शहरको भनेर आलोचना गरिने जनकपुरधाम उपमहानगरपालिकाका सडकपेटीहरु अचेल सफा चिटीक्क देखिन्छ । यसको श्रेय धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको जान्छ । उनी जिल्ला धनुषाका प्रमुख जिल्ला अधिकारि भएर आएको झण्डै एक वर्ष हुन लागेको छ ।
उनी प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकै दिन जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालयदेखि परिसर सम्मको सरफाईको कार्य सुरु गरे । प्रमुख जिल्ला अधिकारि दाहाल आफ्ै हातमा कुच्चो लिएर कार्यालयको परिसरमा निसकेपछि अन्य कर्मचारिहरुपनि उनीसँगै सरसफाईमा सहभागि भए ।
प्रमुख जिल्ला अधिकारी दाहाल भन्छन्,‘ मैले कार्यसम्पादन गर्ने कार्यालय नै सफा भएन भने अरु निकाय तथा सर्वसधारणलाई कसरि सरसफाईको लागि निर्देशन वा अनुरोध गर्ने ? त्यसकारण मैले सुरुमा आफ्नै कार्यालयबाट सरसफाईको थालनि गरे ।’ त्यसपछि विश्व प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर तथा यहाँका प्रसिद्ध ठाउँहरुको सरसफाईका लागि जनकपुरधाम उपमहानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा यहाँका विभिन्न संघ संस्थाहरुसँग समन्वयमा प्रमुख जिल्ला अधिकारि दाहालले सप्ताहिक सरसफाई अभियान संचालन गर्दै आएका छन् ।
सप्ताहिक सरसफाई प्रत्येक शुक्रवार हुदै आएको उल्लेख गर्दै उनि अगाडी भन्छन,‘ सफा र सुन्दर ठाउँ सबैलाई मन पर्छन । तर कतिपयले यो कुरा व्यवहारमा देखाउन सकिरहेका छैन । त्यसकारण हामीले सर्वसधारणमा पनि सरसफाईको वारेमा जनचेतना जागोस् भन्ने उदेश्य हामीले यो अभियान संचालन गरेका छौ ।’ यो अभियानको प्रेरणाले अन्य पालिकाहरुमा पनि सप्ताहिक सरसफाई कार्यक्रम सुरु भएको उनको भनाई छ ।
जनकपुरधाम धार्मिक पर्यटकीय शहर रहेकोले उल्लेख पउनि अगाडी भन्छन्,‘ यो स्वदेशी तथा विदेशी पर्यटक आउने शहर रहेकोले यहाँको सरसफाई राम्रो भएको खण्डमा जनकपुरको वारेमा वाहिर राम्रो र सकरात्मक सन्देश जान्छन् ।’
शुक्रवार विहान राष्ट्रगाण सहित जनकपुरधामको जिरोमाईल क्षेत्रवरिपरि वृहत्त सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालको अभियान जनकपुरधाममा मात्र सिमिति नभएर महोत्तरीको जिल्ला सम्म पुगेको छ । केहि दिन अघि प्रमुख दाहालको नेतृत्व महोत्तरीको धार्मिक नदि गेरुकाको पनि सरसफाई गरिएको थियो ।