
जनकपुरधाम । सोमवारदेखि आएको अविरल वर्षाको कारण मधेश प्रदेशमा बाढीबाट ३ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन् । र बाढीबाट २३० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ बस्ने १७ वर्षिय अजय यादवको घर नजिकै रहेको बसही खोलमा बाढीले बगाउदाँ मृत्यु भएको छ । खोला तर्ने क्रममा यादवलाई बाढीले बगाएपछि प्रहरीले उद्धार गरि उपचारको अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा यादवको मृत्यु भएको हो ।
त्यसैगरि, रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षिय सहिद भाटलाई लालबकैया नदीम आएको बाढीले बगाउदाँ मृत्यु भएको हो । मंगलवार साँझ खेतबाट घर फर्किरहेको वेलामा नदी तर्ने क्रममा बाढीले बगाएर भाटको मत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि, सर्लाहीको हरिपुर्वा नगरपालिका –७ वसन्तपुरका ६० वर्षीय भोला चौधरीलाई बाँके खोलाले बगाएर मृत्यु भएको छ । चौधरीको मंगलवार नै बाढीले बगाएपनि बुधवार प्रहरीले शव बरामद गरेको मधेश प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरि विभिन्न खोलामा आएको बाढीले बगाएर ४ जना वेपत्ता भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ बस्ने ३८ वर्षिय जाविर अन्सारीलाई रातु नदीमा आएको बाढीले बगाउदाँ बेपत्ता भएको छ । त्यसैगरि, पर्सा जिल्लाको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्ला निवासी ३२ वर्षिय किशोर राउत कुर्मी बेपत्ता भएका छन् ।
त्यसैगरि, कमला नदिमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाका एक दम्पती बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो गाणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा बस्ने ३५ वर्षिय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदिमा आएको बाढीले बगाएर लगेको हो । बेपत्ता भएका दुवै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतास भईरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
त्यसैगरि, अवरिल वर्षाका कारण पर्सामा १७, रौतहतको लालबकैयाँ नदि वरिपरका क्षेत्रका १५८ र महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित रातु नदी वरिपरिका ६० घर डुबानमा परेको प्रवक्ता श्रेष्ठले बताए । त्यसैगरि, प्रहरी बाढीमा परेका ८३ जनालाई उद्धार गरि सुरक्षित स्थानमा पुर्याएको उनले बताए ।