LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । सोमवारदेखि आएको अविरल वर्षाको कारण मधेश प्रदेशमा बाढीबाट ३ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन् । र बाढीबाट २३० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ बस्ने १७ वर्षिय अजय यादवको घर नजिकै रहेको बसही खोलमा बाढीले बगाउदाँ मृत्यु भएको छ । खोला तर्ने क्रममा यादवलाई बाढीले बगाएपछि प्रहरीले उद्धार गरि उपचारको अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा यादवको मृत्यु भएको हो ।
त्यसैगरि, रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षिय सहिद भाटलाई लालबकैया नदीम आएको बाढीले बगाउदाँ मृत्यु भएको हो । मंगलवार साँझ खेतबाट घर फर्किरहेको वेलामा नदी तर्ने क्रममा बाढीले बगाएर भाटको मत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि, सर्लाहीको हरिपुर्वा नगरपालिका –७ वसन्तपुरका ६० वर्षीय भोला चौधरीलाई बाँके खोलाले बगाएर मृत्यु भएको छ । चौधरीको मंगलवार नै बाढीले बगाएपनि बुधवार प्रहरीले शव बरामद गरेको मधेश प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरि विभिन्न खोलामा आएको बाढीले बगाएर ४ जना वेपत्ता भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ बस्ने ३८ वर्षिय जाविर अन्सारीलाई रातु नदीमा आएको बाढीले बगाउदाँ बेपत्ता भएको छ । त्यसैगरि, पर्सा जिल्लाको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्ला निवासी ३२ वर्षिय किशोर राउत कुर्मी बेपत्ता भएका छन् ।
त्यसैगरि, कमला नदिमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाका एक दम्पती बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो गाणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा बस्ने ३५ वर्षिय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदिमा आएको बाढीले बगाएर लगेको हो । बेपत्ता भएका दुवै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतास भईरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
त्यसैगरि, अवरिल वर्षाका कारण पर्सामा १७, रौतहतको लालबकैयाँ नदि वरिपरका क्षेत्रका १५८ र महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित रातु नदी वरिपरिका ६० घर डुबानमा परेको प्रवक्ता श्रेष्ठले बताए । त्यसैगरि, प्रहरी बाढीमा परेका ८३ जनालाई उद्धार गरि सुरक्षित स्थानमा पुर्याएको उनले बताए ।

सम्बन्धित खबर