LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

फाएजा फहमीदा
जनकपुरधाम । मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्तीको ’को अवसरमा विहिवार सार्वजनिक विदा दिएको छ ।
इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लाहुवलैहेवुल्मको जन्मजन्यती अर्थात ‘मोहम्मद डे’ को अवसरमा मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिएको मधेश प्रदेश सरकारका गृह, कानुन तथा संचार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । विश्वका विभिन्न देशहरुरुमा ईस्लाम धर्मावलम्बीहरुले ‘मोहम्मद डे’ धुमधामका साथ बनाउदै आएका छन् ।
ईस्लाम धर्मको अन्तिम पैगम्बर को रुपमा हजरत मोहम्मदको जन्म ईसापूर्व ५७१,२० अप्रिल अर्थात इस्लामिक तिथि अनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक सउदीको मक्कामा भएको थियो ।
हजरत मोहम्म्द पैगम्बरले तत्कालिन समाजमा रहेका विभिन्न विकृति विरुद्ध अभियान थालेको र उहाँको अभियानलाई विश्वभरिमा मान्छे आत्मसाथ गरेको इस्लाम धर्मगुरुहरुको भनाई छ । हजरत मोहम्मद पैगम्बर अल्लाहको अन्तिम दुत रहेको उल्लेख गर्दै मदरसा फैजाने मदिनाका मोफ्ती उसमान बरकातीले भने,‘ हजरत मोहम्म्द इस्लाम धर्मका प्रचारक हुनुथ्यिो, उहाँले मानवमा अमन शान्ति र मानवताका सन्देश छर्ने काम गर्नुभयो । त्यसकारण मुस्लिम समुदायले उहाँको जन्मजयन्तीलाई विशेष रुपमा बनाउँदै आएका छन् ।’
हजरत मोहम्मदले समाज हुने हत्याहिंसा, उत्पीडन,महिला पुरुष बीच हुने विभेद, अशिक्षा विरुद्ध ठ्ुलै संघर्ष गरि समाजमा समाजिक न्याय, भाईचाराका स्थापित गरेका थिए ।
मोहम्मद डे मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् । विहिवार दिउँसो १२ बजे तिर जनकपुरधामका मुस्लिम सामुदायहरुले शान्ति र्याली निकालिने जनाएको छ ।

सम्बन्धित खबर