LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

फाएजा फहमीदा
जनकपुरधाम । मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्तीको ’को अवसरमा विहिवार सार्वजनिक विदा दिएको छ ।
इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लाहुवलैहेवुल्मको जन्मजन्यती अर्थात ‘मोहम्मद डे’ को अवसरमा मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिएको मधेश प्रदेश सरकारका गृह, कानुन तथा संचार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । विश्वका विभिन्न देशहरुरुमा ईस्लाम धर्मावलम्बीहरुले ‘मोहम्मद डे’ धुमधामका साथ बनाउदै आएका छन् ।
ईस्लाम धर्मको अन्तिम पैगम्बर को रुपमा हजरत मोहम्मदको जन्म ईसापूर्व ५७१,२० अप्रिल अर्थात इस्लामिक तिथि अनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक सउदीको मक्कामा भएको थियो ।
हजरत मोहम्म्द पैगम्बरले तत्कालिन समाजमा रहेका विभिन्न विकृति विरुद्ध अभियान थालेको र उहाँको अभियानलाई विश्वभरिमा मान्छे आत्मसाथ गरेको इस्लाम धर्मगुरुहरुको भनाई छ । हजरत मोहम्मद पैगम्बर अल्लाहको अन्तिम दुत रहेको उल्लेख गर्दै मदरसा फैजाने मदिनाका मोफ्ती उसमान बरकातीले भने,‘ हजरत मोहम्म्द इस्लाम धर्मका प्रचारक हुनुथ्यिो, उहाँले मानवमा अमन शान्ति र मानवताका सन्देश छर्ने काम गर्नुभयो । त्यसकारण मुस्लिम समुदायले उहाँको जन्मजयन्तीलाई विशेष रुपमा बनाउँदै आएका छन् ।’
हजरत मोहम्मदले समाज हुने हत्याहिंसा, उत्पीडन,महिला पुरुष बीच हुने विभेद, अशिक्षा विरुद्ध ठ्ुलै संघर्ष गरि समाजमा समाजिक न्याय, भाईचाराका स्थापित गरेका थिए ।
मोहम्मद डे मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् । विहिवार दिउँसो १२ बजे तिर जनकपुरधामका मुस्लिम सामुदायहरुले शान्ति र्याली निकालिने जनाएको छ ।

सम्बन्धित खबर