LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । प्रत्येक वर्षझैँ यस वर्ष पनि जनकपुरधाममा दसैँको रौनक देखिएको छ । दसैँको घटस्थापनाका दिन बिहानैदेखि यहाँका शक्तिपीठहरू राजदेवी मन्दिर, राम मन्दिरसहितमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । दसैँको अवसरमा जनकपुरधामका शक्ति पीठहरूलाई दुलहीझैँ सिंगारिएको छ ।

जनकपुरधाममा दसैँ विशेष रूपमा मनाउने चलन छ । यहाँका विभिन्न शक्तिपीठहरूमा भव्य आकर्षक स्वागतद्वार एवम् पण्डालहरू बनाइएका छन् । विद्युतीय बल्बहरूले यहाँका मठमन्दिरहरू झकिझकाउ बनेका छन् ।मिथिलाका राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ ।

जनकपुरधामका राम युवा कमिटी, महावीर युवा कमिटी, गणेश युवा कमिटीले संयुक्त रूपमा कामको विभाजन गरी दसैँलाई भव्य बनाउँदै आएका राम मन्दिरका महन्त राम गिरिले बताए ।

त्यसैगरी जनकपुरका बौद्धिमाई, अमरखानामाई, पिडरियामाई, फुलेश्वरीमाई, सोनासति मन्दिर, दक्षिणकाली मन्दिरलगायतका अन्य दर्जनौँ शक्तिपीठहरूलाई पनि झकिझकाउ बनाइएको छ । विभिन्न चोकहरूमा दुर्गाको भव्य प्रतिमाहरू पनि बनाइएका छन् ।

सम्बन्धित खबर