LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम,र्मसिर १२ ।
धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् ।

शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा एउटै मञ्चमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह गराइएको छ । उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न भएको थियो ।

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए । ‘विवाह हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । यो विवाहलाई रमेणी विवाह पनि भनिन्छ । ‘यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छ,’ भट्टले भने, ‘जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्छ ।’

आइतबारदेखि सुरु भएको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरिबदास महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको भट्टले जनाएको छ ।

सम्बन्धित खबर