LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट आज भार पठाइएको छ।

बिहीबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका नेता विमलेन्द्र निधिसहितले भार टोलीलाई बिदाइ गरेका छन्।


हिजो साँझदेखि जनकपुरधाम नगरवासीले आफ्ना–आफ्ना घरबाट ल्याएका भार कोसेली जानकी मन्दिरपरिसरमा संकलन गरिएको थियो। करिब १५ सयभन्दा बढी भार अयोध्या पठाइएको छ। भारसँगै यहाँ उद्योगी–व्यापारीले तथा नागरिकले सुनचाँदीका गरगहनासमेत पठाएका छन्।

अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधाम उपमहानगरका मेयर मनोजकुमार साह, महन्त रामतपेश्वर दासको संरक्षक रहेको भार टोलीको नेतृत्व जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले गरिरहेका छन्।

भार लिएर जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै वीरगन्जमा रात्रि वास बस्ने जानकारी दिए।

त्यसको भोलिपल्ट रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए। त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने दासले बताए। उनका अनुसार दर्शन गरेकै दिन जनकपुरधामका लागि अयोध्याबाट फर्किने कार्यक्रम छ।

सम्बन्धित खबर