LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । भारतको नवनिर्मित राम मन्दिरको प्राणप्रष्ठिाको अवसरमा जनकपुरधामबाट अयोध्या सम्म विशेष रेल संचालन हुने भएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा यस क्षेत्रका श्रद्र्धालु भक्तजनहरुलाई मध्यनजर गरि अयोध्या सम्म विशेष रेल चलाउन लागिएको नेपल रेल्वे कम्पनिका महाप्रबन्धक निरंजन झाले बताए । अयोध्याको लागि २० बोगीसहितको भारतीय रेल भोली विहान साढे ६ बजे जनकपुरधामबाट प्रस्थान गर्ने उनले बताए ।
रेलको भाडा दर अहिले तय भएको छैन,उनले भने,‘ दभंगादेखि अयोध्या सम्म लाग्ने भाडा नै नेपाली यात्रुहरुलाई लाग्छ, भारतीय रेलबाट भाडा दर जानकारी पाएलगतै हामी यता टिकटको बुकिङ्ग खुल्ला गर्छौ ।’सो रेलमा १५ देखि १७ सय यात्रु सवार हुन सक्ने उनले बताए । आईतवार विहान जनकपुरधामबाट अयोध्या जाने रेल पुन मंगलवार जनकपुरधामको लागि फर्किने उनले बताए ।

गत पुसमै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर राम मन्दिरको प्राण प्रष्ठिाको अवसरमा नेपाली रेल भारतको अयोध्या सम्म संचालनको लागि अनुमति लिखित रुपमा पत्र बुझाएका थिए । नेपाली रेललाई अयोध्या सम्मको अनुमति नपाएको खण्डमा भारतीय रेल नै जनकपुरधामबाट सो अवसरमा विशेष रेल संचालन गर्न उनले अनुरोध गरेका थिए ।

पछि पराराष्ट्र मन्त्रालयले काठमाण्डौस्थित भारतीय दुतावास मार्फत भारत सरकारलाई विशेष रेल सचालनको लागि अनुरोध गरेका थिए । त्यसपछि भारत सरकारले दरभंगादेखि अयोध्या चल्ने रेललाई राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट संचालन गर्न भारतीय रेल्वेलाई निर्देशनक दिएको महाप्रबन्ध निर्देशक झाले बताए ।

सम्बन्धित खबर