LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । इस्लाम धर्मावलम्बीले आज ‘सब–ए–बारात’ पर्व धुमधामका साथ मनाउदै छ ।
इस्लामिक महिना सवाणको मनाईने ‘सब–ए–बारात’ पर्वको अवसरमा मुस्लिम समुदायले आज रातभर जाग्राम बसेर सामुहिक नमाज पढ्ने, कुरान खानि, फतिह, मिलाद गराउने तथा कब्रिस्तान(चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रर्थाना गर्ने गर्छन् ।
‘सब–ए–बारात’को १० दिन अघि देखि मुस्लिम सामुदायका व्यक्तिहरुले घरको सरसफाई देखि कब्रिस्तानको सरसफाई गर्ने गर्छन् । ‘सब–ए–बारात’को राति चाना, सुचिसहितका बलुवा बनाई फतिहा गराउने चलन छन् ।
त्यसैगरि, धार्मिक गुरुहरुलाई घरमा बोलाई कुरान खानि( कुरान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरुलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरुलाई दानदक्षिण दिने गर्छन् ।
‘सब–ए–बारात’मा रातभरि जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसि हुने र व्यक्तिले चिताएको कुरा अल्लाह पुरा गर्ने तथा विगतमा गरेका पापहरुको अल्लाहले माफि गरिने दिने जन विश्वास गरेको इस्लामिक धार्मिक गुरु मोफ्ति उसमान बरकातिले बताए ।
जनकपुरधामका समाजसेवि तथा युवा नेता ईदमोहम्मद साफी(जानी खान)ले भने,‘ ‘सब–ए–बारात’ भनेको ईबादत( धर्मकर्म) को राति हो, यो राति मान्छेले जति धर्म गर्छन, तो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउछन् ।

त्यसैले यसलाई मुस्लिम सामुदायले ‘सब–ए–बारात’लाई धुमधामका साथ मनाउने गर्छन् ।
जनकपुरधामकी फैजाने महिदा मदरसाका मोफ्ती मोतीउल रहमानले भने,‘ यो महिना निकै पुण्यको महिना हो । यो महिनामा हजरत मोहम्मद साहब रोजा बस्नु हुन्थियो । यो महिनामै सब–ए–बरात मनाईन्छ । सब–ए–बरातकै राती अल्लाहले वर्षभरीमा कस्को कति रिजक(आय) हुन्छ ? कसको जन्म र मृत्यु हुन्छ सबै अल्लाहले उल्लेख गर्छन । त्यसकारण यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्छ ।’सब–ए–बारात’को सम्पन्न भएको १५ दिन पछि रामजान पर्व सुरु हुने उनले बताए ।

 

 

सम्बन्धित खबर