LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । जनकपुरधाम–६ स्थित अल जामेअतुल हन्फियतुल गौसिया मदरसामा आयोजना गरिएको दिक्षान्त समारोहमा १४ जना विद्यार्थी दस्तारबन्दी गरिएको छ ।
सब–ए–बरातको अवसरमा आयोजना गरिएको दिशान्त समारोहमा मदरसामा अध्यनरत छात्र मध्ये पहिलो पटक १४ जनालाई मौल्वी, हाफिज र कारी शीर्षकमा दस्तारबन्दी अर्थात शैशिक्ष योग्यता अनुसारको प्रमाणपत्र वित्तरण गरिएको छ । यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा उत्साह तथा प्रोत्साहन थपिने मदर्सा कार्यसमिति सदस्य मोहम्मद वसिम अकरमले बताए ।
शब–ए–बारात प्रत्येक वर्ष हिज्री भित्ते पात्रो (ईस्लामिक क्यालेन्डर) को ८ औं महिना शाबानको १५ औं दिनको रात्रीमा मनाईने पर्व हो। यो पर्वमा रात्री भरी ईस्लामका मान्नेहरु पवित्र कुरान पढ्ने, नमाज पढ्ने, मस्जिद र मदर्सामा गई विभिन्न धार्मिक क्रियाकलाप गर्न लगायत गरिबहरुलाई खाना खुवाउने, दान पुन गरिने आदि जस्ता पुन्य कार्यहरु गरिने गरिन्छ । शब–ए–बारातको करिव १५ दिन पछि ईस्लाम धर्मको पवित्र महिना रमजान सुरु हुन्छ । रमजानमा महिनाभरि मुस्लिम समुदाय दिनभरि निरहार उपसनामा बस्ने गर्छन ।

सम्बन्धित खबर