LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । जनकपुरधाम–६ स्थित अल जामेअतुल हन्फियतुल गौसिया मदरसामा आयोजना गरिएको दिक्षान्त समारोहमा १४ जना विद्यार्थी दस्तारबन्दी गरिएको छ ।
सब–ए–बरातको अवसरमा आयोजना गरिएको दिशान्त समारोहमा मदरसामा अध्यनरत छात्र मध्ये पहिलो पटक १४ जनालाई मौल्वी, हाफिज र कारी शीर्षकमा दस्तारबन्दी अर्थात शैशिक्ष योग्यता अनुसारको प्रमाणपत्र वित्तरण गरिएको छ । यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा उत्साह तथा प्रोत्साहन थपिने मदर्सा कार्यसमिति सदस्य मोहम्मद वसिम अकरमले बताए ।
शब–ए–बारात प्रत्येक वर्ष हिज्री भित्ते पात्रो (ईस्लामिक क्यालेन्डर) को ८ औं महिना शाबानको १५ औं दिनको रात्रीमा मनाईने पर्व हो। यो पर्वमा रात्री भरी ईस्लामका मान्नेहरु पवित्र कुरान पढ्ने, नमाज पढ्ने, मस्जिद र मदर्सामा गई विभिन्न धार्मिक क्रियाकलाप गर्न लगायत गरिबहरुलाई खाना खुवाउने, दान पुन गरिने आदि जस्ता पुन्य कार्यहरु गरिने गरिन्छ । शब–ए–बारातको करिव १५ दिन पछि ईस्लाम धर्मको पवित्र महिना रमजान सुरु हुन्छ । रमजानमा महिनाभरि मुस्लिम समुदाय दिनभरि निरहार उपसनामा बस्ने गर्छन ।

सम्बन्धित खबर