LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । इस्लाम धर्मका प्रवर्तक हजरत महोम्मद सल्लाहु अल्लैहे वसलमको वारेमा नकरात्मक टिपण्णी गरेको भन्दै जनकपुरधामसहित मधेश प्रदेशका मुस्लिम समुदाय आन्दोलित भएका छन् ।
समाजिक संजाल फेसबुकमा पुर्व न्यायधिश समेत रहेका कलमनारायण दासले प्रवर्तक हजरत महोम्मद साहवको वारेमा अनावशक टिपण्णी गरेको भन्दै दासलाई कारर्वाहीको माग गर्दै जनकपुरधाम मुस्लिम समुदाय चक्का जाम तथा टायर बालेर प्रदर्शन गरेका छन् ।
आज शनिवार विहान ९ वजेदेखि १० वजे सम्म जनकपुरधाम मिल चोकमा चक्काजाम तथा टायर बालेर स्थानीय मुस्लिम समुदायले प्रदर्शन गरेका छन् ।

त्यसैगरि, जनकपुधाम–२३ लादो वेलामा शुक्रवार राती स्थानीय मुस्लिम समुदायले दासको कारर्वाहीको माग गर्दै टायर बालेर प्रदर्शन गरेका थिए ।
त्यसैगरि, शुक्रवार नै विरगंजका मुस्लिम समुदायले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा हजरत महोम्मदको विषयमा अनावश्यक टिपण्ण्ी गर्ने दासलाई कारर्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । त्यसैगरि, सर्लाहीको मलंगवामा पनि दासको विरोधमा प्रदर्शन भएको छ ।विश्वका शान्ति, भाईचारा तथा समाजमा पछाडि परेका वर्ग, सामुदाय, महिलाको सम्मान अधिकारको लागि ठुलै संर्घष गरी मानव जातीलाई जीवन दर्शन देखाउनु भएका इस्लाम धर्मका प्रवर्तक हजरत महोम्मद साहवको विषयमा गरेको अनावश्यक टिपण्णीले नेपालसहित विश्वका मुस्लिम समुदाय स्तबध भएको जनकपुरधाम रुपैठाका मुस्लिम धर्मगुरु महोम्मद जमालुदिन जमालीले बताए ।

हजरत महोम्मद विश्वभरिका मुस्लिम सामुदायको अस्थासँग जोडिएको बताउँदै उनले भने,‘ कसैको धार्मिक अस्थामाथि अघात पुर्याउने, अनावश्यक टिपण्णी गर्ने कारर्वाही हुनुपर्छ ।’ दासको अनावश्यक टिपण्णीले विश्वमा नेपालको बदमानी भएको बताउदै त्यस्तामाथि देश द्रोही तथा समाजिक सदभाव खल्ल पुर्याउने अपराधमा कारर्वाही हुनुपर्ने मुस्लिम सामुदायको माग छ ।


हिन्दु,मुस्लिमसहित अन्य धर्मावम्लबीहरु मिलेर धार्मिक सदभावका साथ आपसी भाईचारा सहित बस्दै आएका छौ, अगुवा युवा नेता महोम्मद जाबिर राईनले भने, हाम्रो विरोध हजरत महोम्मद साहबको विरुद्ध टिपण्णी गर्ने दास विरुद्धको हो । कुनै धर्म विरुद्ध होईन । अनावश्यक टिपण्णी गर्ने व्यक्ति विरुद्ध हो । त्यसकारण हामीलाई सबै समुदायको स्पोट र साथ छ ।’

मुस्लिम आयोगले पनि हजरत महोम्मद साहवको विषयमा अनावयश्यक टिपण्णी गर्ने दासलाई कानुन अनुसार कारर्वाहीको माग गर्दै शुक्रवार नै प्रेस विज्ञप्ती जारी गरेको थियो ।

यता, मुस्लिम आयोगका सदस्य तथा प्रवक्ता मिर्जा अर्शद  बेग अनावश्यक टिपण्णी गर्ने दासलाई राज्यले कारर्वाही गर्ने आवश्वास दिएकोले शान्ति, सदभाव कायम र संयमता अपनाउन मुस्लिम समुदायसँग आग्रहा गरेका छन् । नेपालको संविधानमा सबै धर्मको सम्मान र संरक्षण गर्ने दायित्व राज्यको रहेको उल्लेख राज्यले कुनै धर्मको विरुद्ध अनावश्यक टिपण्णी गर्ने राज्यले कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए ।

 

 

सम्बन्धित खबर