LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । सशस्त्र प्रहरी परिवार महिला संघले महोत्तरको मटिहानीका आगलगि पीडितहरुलाई राहत सामाग्री वित्तरण तथा सामुहिक भोजनको आयोजना गरेको छ ।
आगलगिमा परि पुर्ण रुपमा घर क्षति भएको मटिहानीका १ सय ३ घरधुरीमा संघले शनिवार राहत सामाग्री तथा सामुहिक भोजनको आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले आगलगि पीडितसँग भेटघाट गरि राहत वित्तरण र भोजनका आयोजना गरेकी हुन् ।

संघले १ सय ३ घरधुरी आगलागी पीडित परिवार १÷१ नाथ कम्बल सिरानी, टाबेल, पानी खाने बोतल,जग १, २ थान स्टिलका कचौरा, १० थान माक्स,२ थान स्टिलको गिलास, २ थान स्टिलको थाल, स्टिलको चम्चा, ब्यक्तिगत सरसफाई किट (पुरुष÷महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०÷१० थान शैचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण छ । त्यसैगरि, राहत सामाग्री वितरण कार्यक्रम पश्चात संघले ७ सय जनालाई सामुहिक भोजन खुवाएका थिए ।


सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अर्यालले संघले स्थापना कालदेखी मानविय सहयोग कार्य गर्दै आएकी बताईन । यो विपद्का घडीमा संघले तपाईलाई सक्दो सहयोग गर्ने उनले बताईन ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, मधेश प्रदेश छिन्नामस्त बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, सशस्त्र प्रहरी बल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मीमि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर