LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सशस्त्र प्रहरी परिवार महिला संघले महोत्तरको मटिहानीका आगलगि पीडितहरुलाई राहत सामाग्री वित्तरण तथा सामुहिक भोजनको आयोजना गरेको छ ।
आगलगिमा परि पुर्ण रुपमा घर क्षति भएको मटिहानीका १ सय ३ घरधुरीमा संघले शनिवार राहत सामाग्री तथा सामुहिक भोजनको आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले आगलगि पीडितसँग भेटघाट गरि राहत वित्तरण र भोजनका आयोजना गरेकी हुन् ।

संघले १ सय ३ घरधुरी आगलागी पीडित परिवार १÷१ नाथ कम्बल सिरानी, टाबेल, पानी खाने बोतल,जग १, २ थान स्टिलका कचौरा, १० थान माक्स,२ थान स्टिलको गिलास, २ थान स्टिलको थाल, स्टिलको चम्चा, ब्यक्तिगत सरसफाई किट (पुरुष÷महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०÷१० थान शैचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण छ । त्यसैगरि, राहत सामाग्री वितरण कार्यक्रम पश्चात संघले ७ सय जनालाई सामुहिक भोजन खुवाएका थिए ।


सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अर्यालले संघले स्थापना कालदेखी मानविय सहयोग कार्य गर्दै आएकी बताईन । यो विपद्का घडीमा संघले तपाईलाई सक्दो सहयोग गर्ने उनले बताईन ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, मधेश प्रदेश छिन्नामस्त बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, सशस्त्र प्रहरी बल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मीमि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर