LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । महोत्तरी मटिहानीका आगलगि पीडितहरुलाई महोत्तरी भंगहा नगरपालिका–८ का मुस्लिम समुदायले खाद्यन्न तथा कपडा सहितका राहत सामाग्री वित्तरण गरेको छ ।
आगलगिमा परि पुर्ण रुपमा घर जलेर क्षतिको १ सय ३ घरधुरीलाई परडीयाका अक्सा जाम्मे मस्जिद र मदरसा गुल्शने मदिनाको अगुवाईमा स्थानीय मुस्लिम सामुदायले आ– आफ्ना घरबाट विभिन्न सामाग्रीहरु संकलन गरि राहत वित्तरण गरेका छन् ।

आगलगि पीडित १ सय ३ घरधुरीलाई १० किलो चामल, १० किलो गहुँ, आलु प्याज, नुन तथा सारी, लुगि, पैन्टसर्टसहितका लाताकपडा वित्तरण गरिएको स्थानीय मुस्लिम अगुवा तथा पुर्व वडाध्यक्ष रफिक राईनले बताए ।

वैदेशिक रोजगारीको लागि खाडी मुलुक कत्तारमा रहेका स्थानीय युवाहरु संचालन गरेको बिसमिल्लाह नेपाल सोसाईटी इन्पावरमेन्ट नामक संस्थाले पनि मटिहानिका आगलगि पीडितहरुलाई राहत सामाग्री वित्तरण गरेको छ ।


राहत सामाग्री वित्तरण कार्यक्रममा मुस्लिम अगुवा नेता तथा राजनीतिकर्मी कलाम राईनले आगलगि पीडितको दिर्घकालिन रुपमा बसोवासको व्यवस्था मिलाउन सम्बन्धित सरोकारवालासँग आग्रहा गरे ।
उनले भने,‘यहाँ विभिन्न संघ संस्थाहरुले घटना भएकै दिनदेखि राहत वित्तरण गरिरहेका छन् । त्यसकारण तत्काल आगलगि पीडितलाई खाद्यन्नको समस्या भन्दा पनि बसोवासको समस्या छ । यो विषयमा मटिहानी नगरपालिका, प्रदेश सरकारसहितका सरोकारवाला निकायसँग पीडितहरुको बसोवासको लागि व्यवस्था मिलाउन माग गर्छु ।’


आगलगि पीडितहरुलाई राहत वित्तरण गरिएकोमा परडीयाका मुस्लिम सामुदायलाई धन्वयवाद दिदै मटिहानी बर्दाहाका मुस्लिम अगुवा नेता मोजिम राईनले पनि विभिन्न संघसंस्थाहरुले आ–आफ्ना हिसाबले राहत वित्तरण गरिरहेकोले अव पीडितहरुको लागि तत्कालन बासको व्यस्थापन गर्नु आवश्यक रहेको बताए ।
चर्को गर्मि र हावाहुरीको कारण आगलगि पीडितहरुलाई झन समस्या भईरहेको वास स्थानको व्यवस्थापन गर्न स्थानीय तह तथा प्रदेश र संघीय सरकारसँग नेता राईनले माग गरे ।

 

सम्बन्धित खबर