LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुरधामका मोनाष्टिक आवासिय माध्यमिक स्कुल÷ कलेजले महोत्तरी मटिहानीका आगलागी पीडितलाई राहत वित्तरण गरेको छ ।
अगलगिमा घरवारबिहिन बनेका १ सय ५ जना परिवारलाई सामाजिक उत्तरदायित्व अन्तन्तर्गत जस्ताले निर्माण गरिएको बाकसमा खाद्यन्न सामाग्री, बेडसिट, साबुन,दालमोठसहितका सामाग्री राखेर वित्तरण गरिएको मोनाष्टिक स्कुल तथा कलेजका निर्देशक डा.सोनु कुमार साहले जानकारी दिए ।


बुधवार पीडितहरु बासस्थानमै गएर विद्यार्थीसहितका पुगेका मोनाष्टिकका टिममले मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलको रोहबरमा पीडितहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको छ । आगलगिमा परि घरवार गुमाएका अग्निपीडितहरुले मोनाष्टिकको राहतले पाएपछि हर्षित भएका थिए ।
राहत वित्तरण कार्यक्रममा जनकपुरधामका पुर्व मेयर तथा जसपाका नेता लालकिशोर साह, मोनाष्टिकका निर्देशक डा. साह तथा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर