LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । वडाध्यक्षले आर्थिक अनियमितता र वडा कार्यालय एकलौटी चलाउन खोजेको भन्दै जनकपुरधाम उपमहानगरपालिकको वडा नम्बर ५ को वडाकार्यालयमा वडाध्य सदस्यहरुले नै तालाबन्दी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका–५का वडाध्यक्ष बेचन साहु हलुवाईले वडाकार्यालयमा आफुहरुको प्रवेश निषेध गरि वडाका लाखौ रुपैयाँ कुनै काम नै नगरि नक्कली बिल भरपाई बनाई भष्टार गरेको भन्दै वडासदस्यहरुले आईतवार सामुहिक रुपमा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुरधाम– ५ का वडा सदस्यहरु शैल चौधरी, रंजित भगत राजा, समद अन्सारी र रिपु कुमारीले वडाध्यक्ष हलुवाई माथि यस्तो आरोप लगाउँदै वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
वडाध्यक्ष हलुवाईले आफ्ना भष्टाचार लुकाउन आफुहरु बस्ने कोठामा १० महिनादेखि ताला बन्द गरेर राखेको र उक्त कोठा खोल्न पटक–पटक खोल्न आग्रहा गरेपनि कुनै सुनावाई नगरेपछि आफुहरु वाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको उनीहरुको भनाई छ ।
गत आर्थिक वर्षमा जेष्ठ नागरिक सम्मान कार्यालयको ५ लाख, सिलाई कटाई तालिमको ८ लाख, डष्टबिन वित्तरण २ लाख ५० हजार रकम काम नगरि नक्कली बिलभरपाई बनाई वडाध्यक्ष हलुवाईले आर्थिक अनियमितता गरेको वडा सदस्य राजाले आरोप लगाए ।

जेष्ठ नारिक सम्मान कार्यालयको लागि कम्बलसहितका समाग्री वृद्धहरुलाई वित्तरण गर्ने वडाको कार्यसमितिबाट निर्णय भएपनि उक्त समाग्रीहरु कसलाई वित्तरण गरियो भने विषयमा आफुहरुलाई कुनै जानकारी नगराईएको र विवरण माग्दा पनि उपलब्ध गराउन आनाकानी गरिरहेको उनले बताए । वडाका सर्वसधारणलाई समेत ति समाग्रीहरु वित्तरण वारे कुनै जानकारी नरहेको उनले दावि गरे ।

चारकिल्ला,नागरिकतासहितका सिफारिस गराउन आउने सेवाग्राहीसँग वडाध्यक्ष हलुवाईले पैसा लिने र पैसा नदिने सेवाग्राहीको काम विभिन्न बहना बनाएर अल्झाउने गरेको उनले जस्ता गुनासो सेवाग्राहीले आफुहरुसँग गर्ने गरेको अर्का वडा सदस्य शैल चौधरीले आरोप लगाईन ।
वडाध्यक्ष हलुवाईको मनोपोलिको विषयमा मेयर मनोज कुमार साह, प्रमुख प्रशासकिय अधिकृतसहितलाई जानकारी गराएपनि कुनै सुनावाई नभएको वडा सदस्य समद अन्सारीले दुखेसो पोखे । वडाध्य हलुवाईकै व्यवहारको कारण दर्जनभन्दा बढी व्यक्तिले वडाबाट बसाई सराई गराएको वडा सदस्य रिपु कुमारीले आरोप बताईन ।

सम्बन्धित खबर