LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका वडा नम्बर १ र २ मा प्लान इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सपोर्ट नेपालद्वारा संचालित सशक्त बालिका परियोजनाको समाजिक लेखापरीक्षण बुधवार सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागि कमला नगरपालिकाका अधिकृत वीरेन्द्र कुमार सदानले परियोजनाले स्थानीयहरुमा बालविवाह,यौन शिक्षा, अभिभावक शिक्षा, प्रजन्न स्वास्थ्य लगायतका विषयमा जनचेतना जगाउन ठुलो टेवा पुगेको बताए ।


यो परियोजनालाई निरन्तरता दिनुपर्ने बताउँदै उनले भने,‘ विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु भएको छ । तर यो कार्यक्रममा बालबालिकासँगै अभिभावक पनि जोडिएकोले यो परियोजना निकै प्रभावकारी देखिएको छ ।’

सपोर्ट नेपालकी अध्यक्ष रोशना खड्काको अध्यक्षतामा भएको समाजिक लेखापरीक्षण कार्यक्रममा परियोजना अन्तर्गत भएका क्रियाकलापको आम्दनी र खर्चसहितको आय–व्यय विवरण कार्यक्रम संयोजक त्रिलोक कुमार मण्डलले सार्वजनिक गरेका थिए ।

समाजिक लेखापरीक्षण कार्यक्रममा सहभागि स्थानीय नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा संचारकर्मीहरुले कार्यक्रम सपोर्ट नेपालले संचालन गरेको सशक्त बालिका परियोजना सन्तोषजनक रहेको धाराणा राखेका थिए ।

सम्बन्धित खबर