LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका वडा नम्बर १ र २ मा प्लान इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सपोर्ट नेपालद्वारा संचालित सशक्त बालिका परियोजनाको समाजिक लेखापरीक्षण बुधवार सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागि कमला नगरपालिकाका अधिकृत वीरेन्द्र कुमार सदानले परियोजनाले स्थानीयहरुमा बालविवाह,यौन शिक्षा, अभिभावक शिक्षा, प्रजन्न स्वास्थ्य लगायतका विषयमा जनचेतना जगाउन ठुलो टेवा पुगेको बताए ।


यो परियोजनालाई निरन्तरता दिनुपर्ने बताउँदै उनले भने,‘ विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु भएको छ । तर यो कार्यक्रममा बालबालिकासँगै अभिभावक पनि जोडिएकोले यो परियोजना निकै प्रभावकारी देखिएको छ ।’

सपोर्ट नेपालकी अध्यक्ष रोशना खड्काको अध्यक्षतामा भएको समाजिक लेखापरीक्षण कार्यक्रममा परियोजना अन्तर्गत भएका क्रियाकलापको आम्दनी र खर्चसहितको आय–व्यय विवरण कार्यक्रम संयोजक त्रिलोक कुमार मण्डलले सार्वजनिक गरेका थिए ।

समाजिक लेखापरीक्षण कार्यक्रममा सहभागि स्थानीय नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा संचारकर्मीहरुले कार्यक्रम सपोर्ट नेपालले संचालन गरेको सशक्त बालिका परियोजना सन्तोषजनक रहेको धाराणा राखेका थिए ।

सम्बन्धित खबर