LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जवान छोरीलाई विहेवारी नगरि घरमै राखेको भन्दै गाउँसमाजले कुरा काट्ने थालेपछि धनुषा शहिद नगर नगरपालिका–९ बस्ने पवन महरालाई निकै तनावमा थिईन । तराई मधेशको समाजमा विकृतको रुपा दाईजो प्रर्था र घरको दयनिय आर्थिक अवस्थाको कारण छोरीको विवाह गर्नु महरा परिवारको लागि निकै चुनौतिपुर्ण थियो । तर गाउँसमाजले अनावश्यक रुपमा टिकाटिप्णी गर्ने गरेकोले साहुमहाजनहरुसँग ऋण लिएर पनि छोरीको विवाहको गर्ने मनसायमा पुगेकी थिईन पवन देवि ।

पवन देवी महरालाई तीन छोरी र एउटा मात्र छोरा छन् । जेठी छोरी चाँदनी १७ वर्षकी मात्र भएकी छिन । तर गाउँसमाजले विहेलाई लिएर नानाथरीका कुरा काट्न थालेपछि पवनले चाँदनीको विहेवारी तयारी गरेकी थिईन । त्यतिकैमा पवन बस्ने वडामा प्लान इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सपोर्ट नेपालद्वारा संचालित सशक्त बालिका परियोजना सुरु भयो ।

उक्त परियोजना अन्तर्गत अभिभावक शिक्षा कक्षा र सिओसी (परिर्वतनका सम्वाह)का कक्षा संचालन भयो । ति अभिभावक शिक्षा कक्षासँग पवन देवी महरा आफै जोडिन र चाँदनी सिओसी कक्षामा जोडिन् ।

आमा र छोरी दुवै जना सशक्त बालिका परियोजनासँग जोडिएपछि उनीहरुको व्यवहार र विचार नै फेरियो । २० वर्ष नपुग्दै छोरा छोरीको विवाह गर्दा स्वास्थ्यमा आउने समस्यादेखि लिएर भविष्यमा पर्ने प्रभाववारे जानकारी पाएपछि पवनले छोरीको विवाह तत्काल नगर्ने मनसाय बनाईन । यता, चाँदनीले पनि अभिभावकले भनेपनि केहि नगरे सम्म विवाह नगर्ने निधो गरिन् ।

पवन देवि महरा भन्छिन,‘ छोरीको विहेलाई लिएर निकै तनाव थियो । तर जव मैलै अभिभावक कक्षामा जाने थाले, त्यस पछि बल्ल बुझे कि कम उमेरमा छोराछोरीको विहे गर्नु हुदैन, त्यसले आमा र बच्चाको स्वास्थ्यमा पार्ने प्रभाव लगायतका विषयमा जानकारी पाएपछि छोरीको विवाह तत्कालन नगर्ने निर्णय गरे ।’

अभिभावक शिक्षाले आफुजस्ता धेरै ग्रामिण क्षेत्रका महिलामा बालविवाहले स्वास्थ्यमा पार्ने प्रभाव, सरसफाई, शिक्षा स्वास्थ्य लगायतका विषयमा जनचेतना जगाउने काम भएको उनले सुनाईन ।

अभिभावक शिक्षा गाउँमा संचालन भएपछि गाउँसमाजका व्यक्तिमा पनि जनचेतनाको विकास भई बालविवाह जस्ता समस्यामा व्यापक सुधार आएको उल्लेख गर्दै उनि अगाडी भन्छिन,‘ म आफ्नो छोरीको भविष्य जोगाउन सफल भए । तर अझैपनि हाम्रो समाजमा यस्ता व्यक्तिहरुको कमि छैनन्, छोरीलाई बोझको रुपमा लिन्छ र चाँडो विहेवारी गरिदिन्छन् ।’

परियोजनाले म जस्ता धेरै किशोरीको भविष्य जोगिन पुगेको उल्लेख गर्र्दै चाँदनी महराले भनिन,‘ यो परियोजना मेरो जीवनमा धेरै परिवर्तन ल्याई दियो । सायद यो परियोजना संचालन नभएको भए एक वर्ष अघि नै बुवा आमाले मेरो विहेवारी गरिसकेको हुन्थे । त्यतिवेला यो विषयमा मलाई पनि जानकारी थिएन । म अभिभावकहरुको कुरा सहमत थिए ।’

सिओसी कक्षा प्रत्येक शनिवार र अभिभावक कक्षा महिनाको दुई पटक संचालन हुने गरेको परियोजनाका फिल्ड सुपरभाईजर किरण साहले बताईन । सिओसी कक्षामा बच्चाहरुलाई यौन शिक्षा, प्रजन्न स्वास्थ्य, संस्कारदेखि बालअधिकार लगायतका विषयमा जानकारी गराईने हुदाँ छात्रछात्राहरुको चेतना अभिवृद्धिमा ठुलो टेवा पुगेको उनले सुनाईन ।

 

सम्बन्धित खबर