LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । जवान छोरीलाई विहेवारी नगरि घरमै राखेको भन्दै गाउँसमाजले कुरा काट्ने थालेपछि धनुषा शहिद नगर नगरपालिका–९ बस्ने पवन महरालाई निकै तनावमा थिईन । तराई मधेशको समाजमा विकृतको रुपा दाईजो प्रर्था र घरको दयनिय आर्थिक अवस्थाको कारण छोरीको विवाह गर्नु महरा परिवारको लागि निकै चुनौतिपुर्ण थियो । तर गाउँसमाजले अनावश्यक रुपमा टिकाटिप्णी गर्ने गरेकोले साहुमहाजनहरुसँग ऋण लिएर पनि छोरीको विवाहको गर्ने मनसायमा पुगेकी थिईन पवन देवि ।

पवन देवी महरालाई तीन छोरी र एउटा मात्र छोरा छन् । जेठी छोरी चाँदनी १७ वर्षकी मात्र भएकी छिन । तर गाउँसमाजले विहेलाई लिएर नानाथरीका कुरा काट्न थालेपछि पवनले चाँदनीको विहेवारी तयारी गरेकी थिईन । त्यतिकैमा पवन बस्ने वडामा प्लान इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सपोर्ट नेपालद्वारा संचालित सशक्त बालिका परियोजना सुरु भयो ।

उक्त परियोजना अन्तर्गत अभिभावक शिक्षा कक्षा र सिओसी (परिर्वतनका सम्वाह)का कक्षा संचालन भयो । ति अभिभावक शिक्षा कक्षासँग पवन देवी महरा आफै जोडिन र चाँदनी सिओसी कक्षामा जोडिन् ।

आमा र छोरी दुवै जना सशक्त बालिका परियोजनासँग जोडिएपछि उनीहरुको व्यवहार र विचार नै फेरियो । २० वर्ष नपुग्दै छोरा छोरीको विवाह गर्दा स्वास्थ्यमा आउने समस्यादेखि लिएर भविष्यमा पर्ने प्रभाववारे जानकारी पाएपछि पवनले छोरीको विवाह तत्काल नगर्ने मनसाय बनाईन । यता, चाँदनीले पनि अभिभावकले भनेपनि केहि नगरे सम्म विवाह नगर्ने निधो गरिन् ।

पवन देवि महरा भन्छिन,‘ छोरीको विहेलाई लिएर निकै तनाव थियो । तर जव मैलै अभिभावक कक्षामा जाने थाले, त्यस पछि बल्ल बुझे कि कम उमेरमा छोराछोरीको विहे गर्नु हुदैन, त्यसले आमा र बच्चाको स्वास्थ्यमा पार्ने प्रभाव लगायतका विषयमा जानकारी पाएपछि छोरीको विवाह तत्कालन नगर्ने निर्णय गरे ।’

अभिभावक शिक्षाले आफुजस्ता धेरै ग्रामिण क्षेत्रका महिलामा बालविवाहले स्वास्थ्यमा पार्ने प्रभाव, सरसफाई, शिक्षा स्वास्थ्य लगायतका विषयमा जनचेतना जगाउने काम भएको उनले सुनाईन ।

अभिभावक शिक्षा गाउँमा संचालन भएपछि गाउँसमाजका व्यक्तिमा पनि जनचेतनाको विकास भई बालविवाह जस्ता समस्यामा व्यापक सुधार आएको उल्लेख गर्दै उनि अगाडी भन्छिन,‘ म आफ्नो छोरीको भविष्य जोगाउन सफल भए । तर अझैपनि हाम्रो समाजमा यस्ता व्यक्तिहरुको कमि छैनन्, छोरीलाई बोझको रुपमा लिन्छ र चाँडो विहेवारी गरिदिन्छन् ।’

परियोजनाले म जस्ता धेरै किशोरीको भविष्य जोगिन पुगेको उल्लेख गर्र्दै चाँदनी महराले भनिन,‘ यो परियोजना मेरो जीवनमा धेरै परिवर्तन ल्याई दियो । सायद यो परियोजना संचालन नभएको भए एक वर्ष अघि नै बुवा आमाले मेरो विहेवारी गरिसकेको हुन्थे । त्यतिवेला यो विषयमा मलाई पनि जानकारी थिएन । म अभिभावकहरुको कुरा सहमत थिए ।’

सिओसी कक्षा प्रत्येक शनिवार र अभिभावक कक्षा महिनाको दुई पटक संचालन हुने गरेको परियोजनाका फिल्ड सुपरभाईजर किरण साहले बताईन । सिओसी कक्षामा बच्चाहरुलाई यौन शिक्षा, प्रजन्न स्वास्थ्य, संस्कारदेखि बालअधिकार लगायतका विषयमा जानकारी गराईने हुदाँ छात्रछात्राहरुको चेतना अभिवृद्धिमा ठुलो टेवा पुगेको उनले सुनाईन ।

 

सम्बन्धित खबर