LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । सत्य र असत्य बीच लडाई तथा इस्लाम धर्मको संरक्षणका लागि ज्यानको आहुती दिने इमामे हसन र इमामे हुसेनको सम्झनामा मनाईने मोहरम पर्वको यस वर्षपनि मधेशका जिल्लाहरुमा मनाईदै छ ।

मधेश प्रदेशका इस्लाम धर्माबल्मवीले मोहरम पर्वमा ताजिया (दाहा) मेला लगाउने गर्छन । यतिवेला मधेशका जिल्लाहरुमा ताजियाको रौनक देखिएको छ । दाहा मेला मुस्लिम समुदायले लगाएपनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरु उल्लेखनिय संख्यामा सहभागि हुने गर्छन् ।

जनकपुरधाम उपमहागरपालिका रुपैठा, बसहिया, महोत्तरीको महोत्तरी गाउँपालिकाको महोत्तरी लगायतका ,स्थानमा ठुला दहा(तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल,भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकहरमा रहेको छ ।

दाहा मेलामा मुस्लिम समुदायका युवाहरुले विभिन्न प्रकारका कलात्म खेलहरु प्रदर्शन गर्नेछन् भने महिलाहरुले इमामे हसन हुसेनको सम्झनामा गित गाउने गर्छन । तर पछिल्लो समय महिलाहरुले गति गाउने चलन हराउदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई तगमा(शिल्ड) वित्तरण गर्ने चलन रहेको छ ।

मोहरम महिनाको नौ औ दिन अर्थात आज मंगलवार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरुले खेल प्रर्दशन गर्छन भने दोस्रो दिन आफ्नै गाँउकै मैदानमा गई खेलतमसा गर्छन् । सो स्थानलाई मुस्लिमहरुले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुई भन्दा बढी ताजियाको मिलान अर्थात जोरा लगाईने चलन रहेको छ ।

इस्लामिक क्यालेण्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुती (बलिदानी)दिएका थिए ।

हजरत हसन र हुसैनले यहुदीहरुबाट धर्म संरक्षणको लडाईमा शहिद भएका कारण उनिहरुकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँहरुकोको सम्झीन सक्ने बताउँछन् ।

खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने,‘ खेलतमसा उचित होईन । इस्लामले मोहरमा खेलतमसाको अनुमति दिदैन् । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम जस्तै रोजा बस्ने, फातिहा गर्ने, मिलाद सहितको आयोजना गर्दा झन राम्रो मानिन्छ ।’

हजरत ईमामे हुसेनले सत्यको लागि आफ्नो ज्यानको आहुति दिएपनि धर्मको रक्षा गरेको र इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद (स.) ले देखाएको बाटोलाई आत्मसाथ गरेकोले संसारभरिका मुस्लिम सामुदायले उहाँको सम्झनामा धार्मिक क्रियाकलाप गर्दै आएको उनले बताए ।

सम्बन्धित खबर