
जनकपुरधाम । सत्य र असत्य बीच लडाई तथा इस्लाम धर्मको संरक्षणका लागि ज्यानको आहुती दिने इमाम हसन र इमाम हुसेनको सम्झनामा मनाईने दाहा –ताजिया) मेला यस वर्षपनि मधेशका जिल्लाहरुमा आयोजना गरिएको छ ।
मधेश प्रदेशका इस्लाम धर्माबल्मवीले मोहरम पर्वमा ताजिया (दाहा) मेला लगाउने गर्छन । यतिवेला मधेशका जिल्लाहरुमा ताजिया मेला लागेको छ । दाहा मेला मुस्लिम समुदायले लगाएपनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरु उल्लेखनिय संख्यामा सहभागि हुने गर्छन् ।
जनकपुरधाम उपमहागरपालिकाको रुपैठा, बसहिया, महोत्तरीको पिपरा लगायतका ,स्थानमा ठुला दहा(तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल,भारत, पाकिस्कतान, बगंलादेश, इरानसहितका मुलुकहरुमा रहेको छ ।
दाहा मेलामा मुस्लिम समुदायका युवाहरुले विभिन्न प्रकारका कलात्म खेलहरु प्रदर्शन गर्नेछन् भने महिलाहरुले इमामे हसन हुसेनको सम्झनामा गित गाउने गर्छन । तर पछिल्लो समय महिलाहरुले गति गाउने चलन हराउदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई तगमा(शिल्ड) वित्तरण गर्ने चलन रहेको छ ।
मोहरम महिनाको नौ औ दिन अर्थात मंगलवार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरुले खेल प्रर्दशन गर्छन भने दोस्रो दिन आफ्नै गाँउकै मैदानमा गई खेलतमसा गर्छन् । आज बुधवार खेलाडीहरुले आफ्नै गाउँको मैदाना खेल प्रदर्शन गरेका छन् । दाहा मेला आयोजना गर्ने ठाउँलाई मुस्लिमहरुले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुई भन्दा बढी ताजियाको मिलान अर्थात जोरा लगाईने चलन रहेको छ ।
इस्लामिक क्यालेण्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ ।
मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुती (बलिदानी)दिएका थिए ।
तत्कलिन शासक यहुदीले इस्लाम धर्मले ब्रजित गरेका रक्सी, ब्याज, हत्याहिंसा लगायतलाई विषय मुस्लिम सामुदायमाथि थुपार्ने खोजेपछि सोको विरुद्धको लडाईमा इमाम हुसेनसहित ७२ जनाले ज्यानको आहुति दिएर धर्मको संरक्षण गरेका थिए ।
उहाँकै शहादतको सम्झानामा मुस्लिम समुदायले मोहरमा इमाम हुसेनको मकवराको जस्तो बासको दाहा(तजिया) बनाएर गम अर्थात दुःख व्यक्त गर्छन । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँहरुकोको सम्झीन सक्ने बताउँछन् । खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने,‘ खेलतमसा उचित होईन । इस्लामले मोहरमा खेलतमसाको अनुमति दिदैन् । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम जस्तै रोजा बस्ने, फातिहा गर्ने, मिलाद सहितको आयोजना गर्दा झन राम्रो मानिन्छ ।’
हजरत ईमाम हुसेनले सत्यको लागि आफ्नो ज्यानको आहुति दिएपनि धर्मको रक्षा गरेको र इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद (स.) ले देखाएको बाटोलाई आत्मसाथ गरेकोले संसारभरिका मुस्लिम सामुदायले उहाँको सम्झनामा धार्मिक क्रियाकलाप गर्दै आएको उनले बताए ।
यसैबीच, जनकपुरधामका उपमहानगरपालिकाको रुपैठामा अयोजना गरिएको दाहा मेलाको अवसरमा हिन्दु सामुदायका व्यक्तिहरुलाई सम्मान गरिएको छ । दाहा मेलामा मुस्लिमसँगै हिन्दु सामुदायका व्यक्तिपनि सहभागि हुने गरेकोले दाहाले धार्मिक सदभाव र आपसी भाईचारालाई बढवा दिएको जनकपुर रुपैठाका वडाध्यक्ष मोतिउर रहमानले बताए ।
दाहा मेला समितिका अध्यक्ष जाबिर राईनले दाहाको अवसरमा २५ भन्दा बढी हिन्दु सामुदायका व्यक्तिहरुलाई सम्मान गरिएको बताए । सम्मान कार्यक्रममा नेकपा एमालेका युवा नेता हिरा साह, हकिम राईन, सुरेन्द्र भण्डारी सहितको सहभागिता रहेको थियो ।