LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

 

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार, यो निर्णय प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा पारित भएको थियो ।

सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।“

विश्वमा शन्ति स्थापना तथा आपसी भाईचारा तथ धार्मिक सदभावको दुतको रुपमा चिनिएक पैगम्बर महोम्मदले अल्लाहले सर्वसधारणको लगि दिएको सन्देश संसारभरि फैलएका थिए । महोम्मद डे विश्वको विभिन्न देशहरुमा मुस्लिम सामुदायले धुमधामका साथ मनाउदै आएका छन् ।

महोम्मद डेको अवसरमा धनुषाका रविउल्ल नुर कमिटिले यस वर्ष भव्य कार्यक्रमको आयोजना गर्ने जनाएको छ । कमिटिका अध्यक्ष मौलना तथ राजनीतिकर्मी अजिज राईनले विगतका वर्षहरु जस्तै यस वर्ष महोम्मद डेको अवसरमा भव्य शान्तिपुर्ण र्यली निकाल्ने तथा कार्यक्रमको आयोजना गर्ने बताए ।

सम्बन्धित खबर