LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

 

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार, यो निर्णय प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा पारित भएको थियो ।

सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।“

विश्वमा शन्ति स्थापना तथा आपसी भाईचारा तथ धार्मिक सदभावको दुतको रुपमा चिनिएक पैगम्बर महोम्मदले अल्लाहले सर्वसधारणको लगि दिएको सन्देश संसारभरि फैलएका थिए । महोम्मद डे विश्वको विभिन्न देशहरुमा मुस्लिम सामुदायले धुमधामका साथ मनाउदै आएका छन् ।

महोम्मद डेको अवसरमा धनुषाका रविउल्ल नुर कमिटिले यस वर्ष भव्य कार्यक्रमको आयोजना गर्ने जनाएको छ । कमिटिका अध्यक्ष मौलना तथ राजनीतिकर्मी अजिज राईनले विगतका वर्षहरु जस्तै यस वर्ष महोम्मद डेको अवसरमा भव्य शान्तिपुर्ण र्यली निकाल्ने तथा कार्यक्रमको आयोजना गर्ने बताए ।

सम्बन्धित खबर