LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा मोहम्मद जन्मजयन्ती धुमधामका साथ मनाईएको छ ।

मोहम्मद डेको अवसरमा नेपाल मुस्लिम उत्थान समाजद्वारा मिथिला विहारी नगरपालिका अन्तर्गत तारापट्टी बजारमा मंगलवार एक भव्य कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा मिथिला विहारी नगरपालिका मेयर राजेन्द्र प्रसाद यादवले मोहम्मद जन्मजयन्तीको अवसरमा नगरका सम्पुर्ण मुस्लिम सामुदायलाई शुभकामना दिएका छन् ।

पैगम्बर मोहम्मदले विश्वमा अमन, शान्ति तथा भाईचाराको सन्देश फैलाएको बताउँदै मेयर यादवले भने,‘ सबै धर्मको उदेश्य नै मानव कल्याण हो । कुनै धर्म नराम्रो हुदैन । त्यसकारण हामी सबैले एकले अर्काको धर्मको सम्मान गर्नुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मौलना अब्दुल समद अमजदीले पैगम्बर मोहम्मदके जीवनन तथा पैगम्बर मोहम्मदले विश्वमा फैलाएको अमन, शान्ति तथा धार्मिक सद्भावको विषयमा दिएको सन्देशको वारेमा प्रकाश पारेका थिए । पैगम्बर मोहम्मदको जन्म पश्चात महिलालाई समाजमा उच्च सम्मान पाएको उनले बताए ।


‘पैगम्बर साहवको जन्म हुनुभन्दा पुर्व तत्कालिन समाजमा हत्या हिंसा, शराबखोरी, सुद्धखोरी, जुवाखोरी, महिलालाई अपमानसहितका विकृति रहेको थियो, मौलना अमजदीले भने,‘ पैगम्बरले विकृतिहरुलाई हटाएर समाजमालाई सत्यको बाटोमा हिड्न सिकाउनुभयो ।’

मौलना अब्दुल समद अमजदीको अध्यक्षतामा भएको कार्यक्रममा मिथिला विहारी नगरपालिकाकी उपमेयर सोभा कुमारी साह, सो नगरपालिका वडा नम्बर ७का वडाध्यक्ष संजय कुमार शर्मा वडा नम्बर ८ का वडाध्यक्ष जिब्छ यादव, वडा नम्बर ४ का वडाध्यक्ष प्रदिप यादवसहितले मन्तव राखेका थिए ।


त्यसैगरि, कार्यक्रममा नेपाल मुस्लिम उत्थान समाजका अध्यक्ष उसमान नदाफ, उपाध्यक्ष सहबुद राईन, राजनीतिकर्मी तथा सचिव अब्दुल क्युम शाह, सहसचिव रहमतुल्लाह मन्सुरी, कोषाध्यक्ष नथुनी नदाफ,सदस्यहरु नसिफ नदाफ, जलिल राईन, सलिम साफी, नसिरा खातुन, गोल्डेन च्वाईस कम्पनी दोहा कत्तारमा एजआर प्रजानन्द राय,मौलना अब्दुल समद फरिदी, हाफिज अब्दुल समद हैदरी, मौलना अब्दुल राजा, हाजि अल्हाद अब्दुल हमिद, युसुफ राईन, रहतुल्लाह, मोल्बी नदाफ, पल्टु नदाफ सहितको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर