बाला खुद्दार
नेपालसहित विश्वका विभिन्न देशमा मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु अलैहे वसलमको १४९९ औ जन्मजयन्ती मनाईएको छ । हजरत मोहम्मदको जन्मजयन्ती अर्थात “मोहम्मद डे” पाक(शुभ) अवसरमा नेपाल सरकारले मुस्लिम सामुदायको लागि आज सोमवार सार्वजनिक विदा दिएका छन् भने मधेश प्रदेश सरकारले मधेश प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।
आजैको दिन ईसापुर्व ५७०, इस्लामिक महिना रवि उल अव्वलको १२ तारिकमा सउदीको मक्का शहरमा बसोवास गर्ने सु–सभ्य र अदर्श परिवारमा पैगम्बर मोहम्मदको जन्म भएको थियो । पैगम्बर मोहम्मदका वालिद(बुबा)को नाम अब्दुलाह बिन अब्दुल र वालिदा )आमा)की नाम आमना हुन् ।
हजतर पैगम्बर अल्लाहको अन्तिम दुत रहेको भन्दै संसार भरिका मुस्लिम सामुदायले बडो हर्षोउल्लासका साथ मनाउँदै आएका छन् । तपाई(पैगम्बर मोहम्मद)को दुई महिनाको गर्भमै हुदाँ वालिद अब्दुलाह बिन अबदुलको देवसाहन भयो र जन्मको केहि वर्षमै वालिदापनि देवसाहन भयो । तपाईको परिवसिर (पालनपोषण) काका अबु तालिबले गर्नु भयो ।
अल्लाहले यस संसारमा सबैभन्दा पहिले पैगम्बर आदम अलैहिस्सलामको जन्म जनत(स्वर्ग)मा गराउनुभयो । पैगम्बर आदम अलैहिस्सलाम अल्लाहको पहिलो नबी हुन् । आदम अलैहिस्सलामलाई स्वर्गमा एक्लोपन महसुस भयो । फलस्वरूप अल्लाहको आदेशअनुसार जिबरिल अलैहिस्सलाम आदम अलैहिस्सलामेको हाडबाट बिबि हौवा अलैहिस्सलामको जन्म भयो । त्यसपछि दुवैजना स्वर्गमा एकआपसमा मेलमिलाप तथा प्रेम सम्बन्धमा बस्न थाले । यी दुवैको आपसी प्रेमले नै आजको मानव अस्तित्व कायम भयो ।
हजरत मोहम्मदको जन्म हुनु भन्दा अघि नै अल्लाहले यो पुथ्वीमा कमोबेस (मोटमोटी) एक लाख २४ हजार नबी पठाएको इस्लाम धर्मका महत्वपुर्ण धर्म ग्रन्थ कुरान सरिफमा उल्लेख छ । मोहम्मद पैगम्बर अल्लाहको अन्तिम नवी हुन् । मोहम्मदको जन्म हुनुभन्दा पुर्व अरबको अवस्था दयनिय थियो । शराबखोरी, हत्या हिंसा, वेश्यावृति, गरिबि र पछौटेपन व्यापक थियो । मान्छेहरु धर्ममा विश्वास राख्दैनथे, धेरै जसो व्यक्ति नास्तिक थिए ।
अबर समाजमा रुढिवादी परम्परा, अन्धविश्वास र कुसंस्कारले जरा गाडेको थियो । जस्तै ः विधवा महिलालाई अपमान, घृणा र तिरष्कार गरिन्थ्यो । जिउँदै छोरीलाई चिहानमा गाडिन्थ्यो । समाजमा महिलाको कुनै अस्तित्व थिएन । महिलाले दासको जीवन बिताउनुपथ्र्यो । अर्थात गाईवस्तु जस्तो महिलाको खरिद विक्रि हुन्थे । महिलाको नाक, कान पनि काट्ने गरिन्थ्यो ।
बुबाको मृत्युपछि आमासित बिहे गर्ने चलनसमेत थियो । आपसमा झैझगडा, जातपात धनी–गरिब, छुवाछुत तीव्र थियो । विभिन्न देवी–देवताको मूर्ति बनाएर पूजा गरिन्थ्यो र तिनै मूर्तिलाई ईश्वर मान्ने चलन थियो । यस्तो सामाजिक अस्तव्यस्ताबीच मोहम्मदले यस्ता रुढिवादी परम्परा र अन्धविश्वासले भरिएको समाजमा मोहम्मदको जन्म भयो ।
बाल्यकालदेखि अल्लाहको भक्तिमा लिन रहने हजरत मोहम्मदले आफ्नो समाजमा रहेको विकिृतहरुलाई सदाका लागि हटाउनपुर्छ भन्ने सोच बनाए । बाल्यकालमै तपाई (मोहम्मद) घरबाट हप्तौ सम्म गायब भएर पहाडको शिखरमा पुगेर अल्लाहको इबात –भक्ति) गर्नुहुन्थिे ।
तत्कालिन समयमा पनि अरबका दुई स्थल मक्का र मदिना प्रसिद्ध थिए । सिरियासँगको व्यापारिक सम्बन्धका कारण मक्का र मदिना चर्चित थिए । अर्कातर्फ मक्का धार्मिक दृष्टिकोणले पनि चर्चित थियो । मक्काको कावामा इवादतको घर थियो । सो घरमा रहेको कालो प्रस्तरलाई पूजा गर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्थे । सो प्रस्तर स्वर्गबाट आदमसँगै पृथ्वीमा ल्याइएको हो भन्ने जनविश्वास थियो ।
त्यतिवेला अरबका मानिस फरक–फरक धार्मिक मूल्य–मान्यता र देवी देउतामा विश्वास गर्थे । मोहम्मदले अरबका सबै मानिसलाई एउटै धर्ममा समाहित गराउने विचार गरे । जुन समाजमा विधवालाई अपमान, घृणा, गाली दिने गरिन्थ्यो, त्यो अरबको समाजमा मोहम्मदले विधवा स्त्री खादिजासँग बिहे गरे ।
बाल्यकालदेखि नै अल्लाहको ईबादत गर्दै आएका हजरत मोहम्मद ४० वर्षको हुदाँ अल्लाहको सन्देश प्राप्त भयो । ‘यो सबै संसार मैले बनाएको हो, सुर्य, चन्द्रमा, अकाश, जमिन,हावा, पानी सबै मैले बनाएको हो । मलाई सदैव याद(सम्झ) गर । म केवल म हुँ । मेरो वाहेक कोहि छैन पुज्यनिय । सबैलाई सम्झाउ ।’ हजरत मोहम्मदले अल्लाहको यो सन्देश पहिलो पटक आफ्नो श्रीमतीलाई सुनाउनु भयो । पछि गाउँसमाजका मन्छेहरुलाई सुनाउन थाले । हजरत मोहम्मदले सुनाएको धर्मलाई नै इस्लाम धर्म भनिन्छ । ईस्लाम धर्मको मुलमन्त्र हो –“ला ईलाहा ईल्लला रसुलल्लाह मोहम्मदिन रसुलल्लाह” । जसलाई पहिलो कलमा भनिन्छ । यसको अर्थ हुन्छ – “अल्लाह एक हो । अल्लाह वाहेक कोही पुजनिय होईन । अल्लाहका सच्चा रसुल मोहम्मद हो ।”
इसापूर्व सातौँ शताब्दीदेखि इस्लाम धर्मको सुरुवात साउदी अरबबाट भएको पाइन्छ । हजरत मोहम्मदद्वारा यस धर्मको सुरुवात भएको हो । इस्लामको शाब्दिक अर्थ ईश्वरमा समर्पित हुनु वा ईश्वरमा बिलिन हुनु हो । इस्लाम र मुस्लिम भन्ने शब्दले शान्तिलाई जनाउँछन् ।
गरिब, दुःखीलाई माया गर्नु, उदार भावना हुनु संसारका मानिससँग मित्रताको व्यवहार, गर्नु, आफ्ना छिमेकी र बन्धुबान्धवसँग उचित व्यवहार गर्नु, देशप्रेमको भावना राख्नुजस्ता सन्देश मोहम्मदले दिएका थिए । अल्लाहका सन्देश जिबरिल अलैहिसलाममार्फत मोहम्मदलाई प्राप्त भएको हो भन्ने जनविश्वास रहिआएको छ । कुरान इस्लाम धर्मको सबैभन्दा पवित्र धार्मिक ग्रन्थ हो । यसमा अल्लाहले व्यक्त गरेका पवित्र धार्मिक वचन, जसलाई अल्लाहको सन्देशवाहक पैगम्बर मोहम्मदले प्रस्तुत गरेका हुन् भन्ने विश्वास पाइन्छ ।
मोहम्मदले आफूलाई ईश्वरबाट (अल्लाह) एकपछि अर्को गरी विभिन्न सन्देश आएको भन्दै त्यसलाई जनसमक्ष प्रस्तुत गरे । तर, सुरुमा उनका सन्देश वा प्रवचन सुन्नेमा उनकी श्रीमती खादिजा, धर्मपुत्र अली, मित्र अबुवकर तथा दास हजरतै जैइद मात्र थिए । पछि गएर मोहम्मदको प्रवचन सुन्ने उनका शिष्यको संख्या बढ्दै गयो ।
मोहम्मदको त्यस किसिमको गतिविधिले मक्काका धार्मिक नेता र अन्य शासक क्रोधित बने । उनीहरूले मोहम्मदका अनुयायीलाई दुःखकष्ट र शारीरिक तथा सामाजिक यातना दिन थाले । त्यसै समयमा मोहम्मद ६२२ इसापूर्वमा मदिनातर्फ लागे । यस घटनालाई इस्लाम धर्ममा (हिज्री) भनिन्छ । मदिनामा मोहम्मदको स्वागत हर्षाेल्लाससाथ भयो । त्यहाँका बासिन्दाले तुरुन्तै मोहम्मदको धर्मलाई स्वीकार गरे र मोहम्मदलाई दुःख दिएको निहुँमा मक्कामाथि आक्रमण गरे ।
इसापुर्व ६१९ मा मोहम्मदले मक्कामाथि पूर्ण विजय प्राप्त गरे । उनको शक्ति बढ्दै गयो । मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य सामाजिक सुधार र व्यावहारिक धर्म प्रचारमा केन्द्रित गरेका थिए । उनले एक अल्लाह वा ईश्वरको अवधारणा अगाडि सारेर मूर्तिपूजामा रोक लगाएका थिए । उनी पुनर्जन्ममा विश्वास गर्दैनथे । मानिसको कर्मको फल यसै संसारमा प्राप्त हुने उपदेश उनको थियो । त्यसैले उनले सधैँ सच्चरित्रता र सदाचारमा जोड दिएका थिए ।
गरिब, दुःखीलाई माया गर्नु, उदार भावना हुनु संसारका मानिससँग मित्रताको व्यवहार गर्नु, आफ्ना छिमेकी र बन्धुबान्धवसँग उचित व्यवहार गर्नु, विवाह र सम्बन्ध–विच्छेदका सम्बन्धमा सामाजिक न्यायअनुसार चल्नु, देशप्रेमको भावना राख्नु जस्ता सामाजिक उपदेशमूलक सन्देश, मोहम्मदले दिएका थिए ।
अपवित्र जनावरको मासु खाने, रक्सी पिउने, ब्याज खान ऋण दिने, धोकेबाजी गर्ने, मानिसले मानिसलाई किनबेच गर्ने वा गराउने, लोभ, घमन्डजस्ता कुरा गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने तर्क मोहम्मदको थियो । उनले सम्पूर्ण मानिसलाई समान सम्झेर भेदभावरहित समाज र समानताको सिद्धान्तलाई प्राथमिकता दिएका थिए ।
कुरानमा अल्लाहबाट जिबरिल अलैहेसलाममार्फत मोहम्मदलाई सुनाइएका कुरा जस्ताको तस्तै संगृहीत छन् भन्ने विश्वास छ । मोहम्मदको देहावसान ६३ वर्षको उमेरमा भयो । त्यसपछि उनका शिष्यले यसलाई संग्रह गरेर राखेका थिए । कुरानमा ११४ वटा सुरा र ३० परा छन् । मोहम्मदको भनाइ र जीवनमा गरेका कार्यलाई हदीस भनिन्छ । पैगम्बर मोहम्मदले इस्लामका पाँच अधार स्तमभ इमान, नमाज, रोजा, जकात र हजलाई अनिर्वाय बनाए । विश्वमा अमन, शान्ति र भाईचाराको सन्देश प्रवाह गर्ने पैगम्बर मोहम्मदको जन्मजयन्तीमा सबैलाई दिली मुबारकबाद ।
तस्वीरमा मोहम्मद डेमा निकालिएको शान्तिपुर्ण र्याली ।