LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । चाडपर्व नजिकदै जदा विश्व प्रसिद्ध जानकी मन्दिरको वृहत्त सरसफाई गरिएको छ ।


चाडपर्वको अवसरमा छिमेकी मुलुक भारतसहित अन्य देशविदेशबाट लाखौ श्रद्र्धालुभक्जन जनकपुरधामको मुख्य आकर्षक जानकी मन्दिरको दर्शन गर्न आउने गरेकोेले शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले संयुक्त रुपमा जानकी मन्दिरको सरसफाई गरेका छन् ।


जानकी मन्दिरका वाहिर परिसरदेखि मन्दिरको भित्रि भागको परिसर पनि सरफाई गरिएको छ । सुरक्षाकर्मीहरुले सरफ तथा फेनाईले सरसफाई गरेपछि जानकी मन्दिरका परिसरहरु चिटिक्क देखिएका छन् ।


मधेश प्रहरी प्रमुख तथा डिआईजी लालमणि अर्चायले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सयौ जवान लिएर आफै सरसफाई कार्यक्रममा सहभागि भएका थिए । सरसरफाई कार्यक्रममा सहभागि मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री रजकुमार लेखिले जनकपुरधाम धर्मिक पर्यटकीय शहर रहेको र जनकपुरधामको मुख्य आकर्षक जानकी मन्दिरको रहेको सकरात्मक सन्देश दिन सरसरफाई कार्यक्रम गरिएको छ ।
विश्व प्रसिद्ध जानकी मन्दिरको सरसफाई गर्नु यहाँका नागरिक समाज व्यापारीसहितको दायित्व रहेकोले उल्लेख गर्दै कम्तिमा महिनामा एक पटक जानकी मन्दिरको वृहत सरसफाई गर्नु आवश्यक रहेको उनले बताए ।

सम्बन्धित खबर