LIVE
धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त | तिलक टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री सिंह भारतको अयोध्या प्रस्थान |

जनकपुरधाम । गाजामा आममानिसले कुन हदसम्मको कठिनाइको सामना गर्नुपरिरहेको छ भन्ने कुरा बाहिरबाट अन्दाज गर्न पनि सकिँदैन । सोमबार, २१ अक्टुबरमा गाजाको जबालियामा विद्यालयमा इजरायलले गरेको बम हमलापछिको अवस्थाको एउटा भिडियो बाहिर आएको छ, जसले इजरायली हमलाबारे त्रासदीपूर्ण जानकारी, नागरिकमाथिको दबाब र आतंकको कथा बाहिर ल्याएको छ । यो भिडियो हेर्ने जोकोहीले पनि गाजामा इजरायली बर्बरता र त्रासदीलाई सहजै अनुभूत गर्न सक्छन् ।

त्यो भिडियोमा त्यहाँका अस्पतालमा घाइते, मृत्युसँग संघर्ष गरिरहेका र शोकमा डुबेका मानिसहरूको आर्तनादको भयानक दृश्य देखिन्छ ।

भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्न र मृत्यु भएकाको शवलाई बाहिर निकाल्ने कोसिस गरिरहेका मानिसहरूलाई इजरायली सेनाले लखेटेपछि खण्डहर बनेका क्षेत्रहुँदै बालुवा र भत्किएका भग्नावशेषले ढाकिएको सडकबाट पैदल हिँडेर भाग्दै गरेका मानिसहरूका दृश्यले हरेकलाई विचलित बनाउँछ ।

सोमबार बिहानै भएको हमलालगत्तै आएको भिडियो त्यत्तिकै भयानक छ । त्यसैले अधिकांश मानिसहरू यस्तो बर्बरता र अत्यासलाग्दो घटना आफ्नो फोनमा रेकर्ड गर्न चाहँदैनन् । २१ अक्टुबरका दिन बिहान ९ बजे जबालियाको बायज इलिमेन्ट्री स्कुलमा इजरायली सेनाले हमला गर्‍यो ।

प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्र संघीय एजेन्सी यूएनआरडब्लूले प्यालेस्टाइनीका लागि शेल्टर बनाएको थियो । यो भिडियोमा नेविन अल दवाबी नामकी एक पारामेडिकल महिला अत्तालिँदै मृत्यु भइसकेका र मृत्युको मुखमा पुगेका मानिसहरूबीच दौडिरहेकी छन् र हमलापछिको दृश्य आफ्नो फोनमा रेकर्ड पनि गरिरहेकी छन् ।

गाजा शहरमा उनको ठेगाना पत्ता लागेपछि उनले सो घटना र त्यसबेलाको त्रासदीलाई शेयर गरेकी छन् ।

‘रगत रोक्न मसँग केही थिएन’

नेविन बमबारीबाट नराम्रोसँग घाइते भएर रगतले लतपतिएकी महिलालाई चिच्याउँदै भन्छिन्, ‘चुपचाप बस, शान्त होऊ ।’

‘म कसम खान्छु, रगत रोक्नका लागि मसँग केही पनि छैन,’ यति भन्दै उनी तल जाने बाटोतर्फ जान्छिन्, जहाँ अरु धेरै मानिस हताहत भएका छन् । उनी फर्किन्छिन् र आफ्नो ब्याग बोक्दै भन्छिन्, ‘यहाँबाट भागौँ, अरु धेरै मानिस मारिनेछन् ।’

भिडियोमा एक व्यक्तिको आवाज सुनिन्छ, ‘हामीसँग बस नेविन ।’ घाउमा बाँध्ने पट्टीले भरिएका झोला समातेर उनी सिँढीतिर जान्छिन्, जहाँ रगत बगिरहेको हुन्छ । उनले एक बच्चाको आवाज सुन्छिन् । उनी गुहार मागिरहेका छन्, ‘मद्दत गर्नुहोस्, मेरी बहिनी मर्न लागेकी छिन् ।’

एक महिला भन्दै छिन्, उनका छोराछोरी रहेनन् । नेविन सोध्छिन्, ‘कसरी थाहा भयो रु’ महिलाले इशारा गर्दै भन्छिन्, ‘हेर्नुहोस्, उनीहरू हलचल गरिरहेका छैनन् र अर्कोतिर टाउकोमा गहिरो चोट लागेको छ । उनीहरू मरिसके या अब मर्न लागेका छन् ।’

नेविन पट्टी दिन्छिन् । तर, त्यसबेलासम्म धेरै ढिला भइसकेको थियो । त्यहाँ उनी एक मात्रै स्वास्थ्यकर्मी हुन् । नेविनका अनुसार ती महिलाको नाम लीना इब्राहिम अबु नामोस हो । बमको छर्रा लागेकी उनलाई जबालियाको कमाल अदावान अस्पतालमा भर्ना गरिएको छ । उनका सात जना छोराछोरीमध्ये जेठी छोरी र एक मात्र छोरा इजरायली हमलामा मारिएका छन् ।

 

लीना इब्राहिम अबू नामोस

हमला भएको समयमा लीना इब्राहिमका श्रीमान् थिएनन् । किनकि त्यसअघि नै भएको एक हमलामा घाइते भएर उनी अस्पतालमा उपचाररत थिए । लीना इब्राहिमले भनिन्, ‘म मेरो आँखैअघि आफ्नी छोरी मर्न लागेको देखिरहेकी थिएँ । तर म केही गर्न सक्दिनथेँ । उनी मेरी जेठी छोरी थिइन्, मेरो पूरै जिन्दगी थिइन् । जब तपाईंको पहिलो सन्तान तपाईंकै अघि मर्छ भने।।।।१’

‘मैले उसलाई बचाउन सकिनँ । म घाइते भएकी थिएँ । मैले आफैँलाई सम्हाल्न सकिरहेकी थिइनँ र तल खसेँ । नेविनका अनुसार १६–१७ दिनसम्म स्कुलमा घेरेर राखिएको थियो । स्कुलमाथि ड्रोन र क्वाडकोप्टर उडाइरहेको थियो, जसको प्रयोग इजरायली सेनाले गर्छ ।

इजरायली सेना यसबाट सर्भिलान्स र जासुसीको काम गर्छ । यो क्षेत्रका मानिसलाई कुनै सूचना दिनुपर्‍यो भने लाउड स्पिकरबाट घोषणा गर्ने र जुन प्यालेस्टाइनीको हत्या गर्नु छ, उनीमाथि गोली चलाउने वा बम खसाल्ने काम गर्छ ।

नेविनले भनिन्, ‘हामी त्रासैत्रासमा बाँचेका छौँ । जब स्कुलमाथि हमला भयो, मानिसहरू मरे र घाइते भए । त्यहाँ खाने पिउनेसमेत व्यवस्था थिएन । खानेपानीको ट्यांकर पठाउने नियमित स्थान इजरायली सेनाले बमले उडाइदियो । तीन दिनअघि ९ बजे एउटा ड्रोन स्कुलमा आयो र त्यसको लाउड स्पिकरबाट १० बजेसम्म स्कुल खाली गर्न उर्दी जारी गर्‍यो, जहाँ बसिरहेका मानिसलाई खतरनाक युद्धस्थलमा रहेकाले तत्काल खाली गर्न भनिएको थियो ।’

‘हामीलाई एक घन्टाको समय दिइएको थियो । हामीले आफ्नो सामानसमेत प्याक गर्न पाएनौँ । १० मिनेटपछि नै इजरायली लडाकू विमानबाट स्कुलमा बम खसाइलियो । यो ठूलो नरसंहार थियो । ३० जना घाइते भए भने १० जनाभन्दा बढी मारिए ।

रगतले लतपतिएको सिँढीमा मात्रै मानिस मारिएका होइनन् । नेविन त्यहाँबाट दौडिँदै बाहिर निस्कँदा एक व्यक्ति आफ्नो गर्दनमा हात राखेर झुकेका थिए । उनको गर्दनमा गहिरो घाउ थियो । नेविन पुग्ने बेलासम्म उनी मरिसकेका थिए । उनी जोडले चिच्याइन्, ‘मद्दत गर्नुहोस्, उनी मरिसकेका छन् । उनी अंकल अबु मोहम्मद हुन् ।’

अबु मोहम्मदका दुई छोरासमेत इजरायली हमलामा मारिए, जसमध्ये एक जनाको आधा टाउको नै बमले उडेको थियो । एक स्वतन्त्र प्यालेस्टाइनी महिला पत्रकारले यो कुरा सुन्दै भिडियो रिप्ले गरिन् ।

भिडियोमा एक युवतीको शव देखिन्थ्यो । एक व्यक्तिको पेटमा लागेको चोटसँगै पेट बाहिर निस्किएको थियो । एक जना १० वर्षीय बालकको शरीरबाट भित्री अंगहरू बाहिर निस्किएका थिए । उनीहरूकी आमा टाउकोमा गहिरो चोट लागेर सधैँका लागि चीर निद्रामा पुगिसकेकी थिइन् ।

‘केही महिलाहरू, जो बच्नका लागि लुकिरहेका थिए, उनीहरू पनि घाइते भए र केहीको मृत्यु पनि भयो । स्कुलका एक सफाइ कर्मचारीको शरीर बमले टुक्राटुक्रा भयो । १२ वर्षीया एक बालिकाले खुट्टा गुमाउन पुगिन् । उत्तरी गाजाको बेत हानुन शहरबाट विस्थापित भएर शरण लिइरहेकी एक महिला घाइते भइन् । उनको उमेर ३५ देखि ४० वर्षआसपास थियो ।’

‘हमासले बचाइरहेको छ’

स्कुलमाथि हमलाको एक दिनअघि जब इजरायली आक्रमण तीव्र भयो, तब जेरुसेलममा रहेका संयुक्त राष्ट्र संघका एक वरिष्ठ कूटनीतिज्ञ टर वेनेसल्यान्डले एक कडा बयान जारी गरे ।

उनले लेखेका थिए, ‘गाजामा विध्वंस थप तीव्र बनेको छ । संघर्षबीच गाजापट्टीको उत्तरी क्षेत्रमा भयानक दृश्यहरू बाहिर आएका छन् । लगातार इजरायली हमला भइरहेको छ र अभूतपूर्व मानवीय संकट पैदा भएको छ ।’

‘गाजामा कोही पनि सुरक्षित छैन । नागरिकमाथि लगातार हमलाको म निन्दा गर्दछु । यो युद्ध अन्त्य हुनुपर्छ, बन्धकहरूलाई छाड्नुपर्छ । प्यालेस्टाइनीको विस्थापन बन्द हुनुपर्छ र नागरिकलाई बचाउनुपर्छ । मानिसलाई बिनारोकतोक मानवीय सहायता पुर्‍याउनुपर्छ ।’

इजरायलले गाजामा जारी युद्ध आत्मरक्षाका लागि उठाएको कदम भएको दाबी गर्छ र आफ्नो सेनाले युद्धका नियमको सम्मान गर्ने बताउँछ । पछिल्लो एक वर्षदेखि गाजामा हरेक दिन र हाल लेबनानमा हतियारधारी समूहले मानव ढालका रूपमा प्रयोग गरेका कारण सर्वसाधारण मारिएको इजरायलको दाबी रहँदै आएको छ । तर, नेविन हमासले नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेको भनाइ स्वीकार गर्दिनन् । उनी भन्छिन्, ‘उनीहरूले हामीलाई बचाइरहेका छन्, उनीहरू हामीसँग खडा छन् ।’

युद्धको नियमअनुसार कुनै पनि युद्धमा हतियार नबोकेका सर्वसाधारणलाई हरहालमा बचाउनुपर्छ र हुने नोक्सान आक्रमणकारी शक्तिको खतराको अनुपातमा हुनुपर्छ । यदि त्यहाँ हमासका वरिष्ठ कमान्डर लुकेका थिए वा कुनै युद्धका लागि जम्मा भएका थिए भने इजरायली सेनाका वकिलले सही भन्न सक्थे, तर त्यहाँ केही हमास लडाकू भएको वा भएको आशंकामा आममानिसलाई लक्षित गरी गरिएको यो आक्रमण कानुनको उल्लंघन हो ।

पछिल्लो एक वर्षमा इजरायली हमलामा हमासको युद्ध लड्ने शक्ति क्षीण भइसकेको छ । यदि यो मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुग्ने हो भने प्यालेस्टाइनी पक्षका वकिलले त्यहाँ इजरायली सेनालाई त्यसबेला कुनै खतरा नरहेको दाबी गर्न सक्छन् । जुन हमलामा १० जनाले अनाहकमा ज्यान गुमाएका छन् भने अरु धेरै घाइते भएका छन् ।

‘पत्रकारलाई प्रवेशमा निषेध’

यदि घटनास्थलमा पत्रकारलाई जान दिइँदैन भने सत्यतथ्य कुरा बाहिर आउन सक्दैन । गत वर्ष हमासले हमला गर्दा गाजासँग नजिकैका क्षेत्रमा इजरायलले पत्रकारलाई जाने अनुमति दिएको थियो । हमासले कसरी १२ सय मानिसको ज्यान लियो र २५० जनालाई बन्दी बनायो भन्ने पत्रकार आफैंले देखून् भन्ने उसको चाहना रहेको पाइन्थ्यो । मारिने र बन्धक अधिकांश सर्वसाधारण नागरिक नै थिए ।

सर्वसाधारणमाथि हमासको हमलालाई देखाएर इजरायलले तत्कालै गाजामा हमला थालेको थियो । यसलाई इजरायल र अमेरिकासहित पश्चिमा देशले आत्मरक्षाका लागि गरेको आक्रमणका रूपमा व्याख्या गरिरहेका छन् । तर, गाजामा अहिले जुन नरसंहार मच्चाइरहेको छ, त्यो पत्रकारले नदेखून् भन्ने इजरायल चाहन्छ । त्यसै कारण युद्ध भइरहेका क्षेत्रमा इजरायलले पत्रकारलाई जाने अनुमति दिएको छैन । यदि जान दियो भने पनि सबै इजरायली सेनाको निगरानीमा मात्रै जान पाइन्छ ।

इजरायली हमलामा गाजाको झण्डै शतप्रतिशत क्षेत्र खण्डहरमा परिणत भइसकेको छ । त्यसै कारण गाजाभित्रबाट प्यालेस्टाइनीहरूको जुन भिडियो बाहिर आउँछ, त्यसमा सबैको विश्वास हुन्छ । पत्रकारले पनि यसलाई विश्वास गर्छन् । गाजामा जाने अन्तर्राष्ट्रिय कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सहायताकर्मी तथा नेविनले जस्तै स्मार्टफोनबाट रेकर्ड गरिएका प्रत्यक्षदर्शीका भिडियोमा भरोसा गर्छन् ।

ग़ज़ा

उता अस्पतालमा लीना इब्राहिम अबु नामोस आफ्नी जेठी छोरी र एक मात्र छोराको मृत्युको शोकमा डुबेकी थिइन् । उनीहरूको घरसमेत नष्ट भएको छ । उनी भन्छिन्, ‘मेरा सात छोराछोरी थिए, अब केबल पाँच जना मात्र बाँकी भए । के भनौँ, मैले केही सोच्नै सकिरहेकी छैन । भगवान् कसम १ हामी थाकिसक्यौँ, भावनात्मक रूपमा खाली भयौँ । हामीले सबै थोक गुमाइसक्यौँ ।’

‘बच्चाहरूले के अपराध गरेका थिए रु हामीले के गरेका थियौँ र हामीसँग यस्तो व्यवहार भयो रु हामीले इजरायलीलाई के गरेका छौँ रु कसम १ उनीहरूले हाम्रा बच्चाहरू सिध्याइदिए ।

‘म असाध्यै डराएकी छु । म केही खान र पिउन सकेकी छैन । बस्, यति चाहन्छु कि मेरा छोराछोरीले मसँग बस्न पाऊन्, किनकि हामी डराएका छौँ र हामीलाई अर्को स्थानमा विस्थापित गरिँदै छ । मेरा छोरी र मेरा लागि अब के बाँकी छ रु घर छैन, कतै सुरक्षित स्थान छैन । म ती मानिसहरूमध्ये एक हुँ, जो कहीँ पनि जान सक्दैन, जसका लागि सुरक्षित स्थान छैन । म थाकेकी छु ।’

बीबीसी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट साभार

सम्बन्धित खबर