LIVE
धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त | तिलक टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री सिंह भारतको अयोध्या प्रस्थान |

जनकपुरधाम । लोक अस्था तथा प्राकृतिक पुजाको रुपमा प्रसिद्ध छठ पर्वको तयारी पुरा भएको छ ।

मधेशको सबभन्दा ठुलो पर्वको छठ पर्वलाई भव्य बनाउन विगतकै वर्ष जस्तो यस वर्षपनि जनकपुरधामका सरोवर तथा पोखरीहरुलाई नव दुल्ही जस्र्तै सिंगारिने कार्य जारी छ । त्यसैगरि, ग्रामिण क्षेत्रमा पनि छठ पर्वको घाट निर्माणको लागि पोखरी, नदीको किनारा तथा जलासय क्षेत्रमा युवाहरु सरसफाईदेखि घाट निर्माणमा जुटेका छन् ।

छठ पर्वका लागि जनकपुरधामका करिब दुई दर्जन पोखरीसहित दुधमति नदि र बिग्ही नदिका डिलहरुमा घाट निर्माण भईरहेको छ । यो कामको लागि स्थानिय युवा क्लवहरु तथा युवाहरुले सक्रियता देखाएको छ । त्यस्तै यहाँका गँगासागर, धनुषसागर, महराजसागर, अग्निकुण्ड, गोरधोइ पोखरी, दशरथ तलाऊ, अँगराजसर, बिहार कुण्ड लगायतका पोखरीको डिलहरुपनि सजाइएको छ ।

आज मंगलवारदेखि विधिवत रुपमा सुरु भएको छठ पर्वको चार दिन सम्म चल्ने छ । पहिलो दिन ब्रतालुहरु स्नान गरी शाकाहारी तथा शुद्ध भोजन गर्ने गर्छन् । जसलाई ‘नेहाइ खाइ’ पनि भन्ने गरिएको छ । यसलाई अरबा– अरबाइन पनि भनिन्छ । खरनाका दिन ब्रतालु महिलाहरु दिनभरी ब्रत बसी साँझमा सुर्य देउताको पुजा गरी सख्खर मिलाएको गम्हरीको खिर र रोटी आदी खाने चलन छ । सो पश्चात ब्रतालुहरु बिना अन्नजलको निराहार ब्रत सुरु गर्छन । जुन ब्रत विहिवार अस्ताउँदो सुर्यलाई र शुक्रवार उदाउँदो सुर्यलाई अर्घ दिएपछि मात्र समाप्ति हुन्छ ।
यस पर्वमा शुद्धता र साबधानी अत्यन्त जरुरी रहेको श्रद्र्धालुहरुको भनाई छ ।

छठ पर्वमा ब्रतालुहरु दुई दिनसम्म बिना अन्नजल बस्नु पर्ने भएकोले यसलाई कठिन पर्वको रुपमा लिने गरेको महिला अधिकारकर्मी मुन्नी दासले बताइन् । चारदिन सम्म छठ पर्वको पहिलो श्रद्र्धुभक्तजनहरुले नुहाई खाइ,दोस्रो खरना, तेस्रो दिन अस्ताउदै गरेको र त्यसको भोलि पल्ट उदाउदै गरेको सुर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुन्छ ।
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औशि तिथिलागेसँगै माछामासु वामनसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्यकर्मपछि ब्रतमा बस्नेहरु लसुन, प्याज, उसिना चामलको भात वाहेक शुद्ध शकाहारी खाना, खीर दुध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पुजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिनब्रत बसिन्छ र ब्रत बस्नेहरुले अन्नजल ग्रहण गर्दैन ।


विहानैदेखि स्वच्छपुर्वक छैठमा लागि परिकारहरु भुस्वा, टकुवा, लडु लगायतका तयार पार्छन । करिव ४० घण्टा सम्मभुखै बस्ने ब्रातालुले घण्टौ सम्मपानीमाउभेर अस्ताउदो सुर्य र उदाउदो सुर्यलाई अर्घ दिन्छ ।
केहि दशक अघि नेपालको तराई र भारतकाविहार, उत्तर प्रदेश लगायतका राज्यहरुका मनाईने यो पर्व पछिल्लो समय काठमाण्डौसहित नेपालका पहाडि जिल्लाहरुमा पनि मनाईन्छ ।

छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको राजनीतिक विश्लेषक रोेशन जनकपुरीले बताए । छठ पर्व पण्डा, पुरोहित, मन्त्र बिना तथा देदान्तिहरुको आडम्बरी प्रथाबाट मुक्त राखि विशुद्ध रुपमा लोक पर्व हो रहेको उनले बताए ।
छठ पर्वलाई अझ भव्य बनाउन जनकपुरमा रहेका आठ वटा एफ.एम., रेडियोमा पनि समाचारका समय बाहेकका समयमा छठपर्वका गितहरु बज्ने गरेको सहजै सुन्न सकिन्छ ।


पुत्र प्राप्ति, पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पुरा होस भने उद्येश्यले श्रद्धापुर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ ।
चैत महिनाको शुक्ल पक्षमा ‘चैती छठ’ कात्र्तिक महिनाको शुक्लपक्षमा कात्र्तिकी छठ मनाउने परम्परा रहेको छ । तर कार्तिकी छठलाई बढी नै महत्वका साथ मनाउने गरिएको छ ।
यस पर्व अन्तर्गत षष्ठी तिथि अर्थात मंगलबार साँझ जलाशयमा नुहाएर ठकुवा, भुसवा (चामलको पीठो र सख्खरको लड्डु), ऊखु, नरिवल, बेसारको बोट, निम्बु, केला सहित मिष्ठानलाई बाँसले बनाइएको ढकिया, नाङलो, सुपती आदीमा राखेर नदी, पोखरी,नहरको छेउमा अस्ताउँदै गरेको र त्यसको भोलिपल्ट उदाउँदै गरेको सुर्यको (अर्घ दिइने) पुजा गरिन्छ ।
आर्थिक मन्दीले सुस्त रहेको बजार छठले मौलाउदै

तराई मधेशका प्रमुख पर्व मध्येको एक हो छठ पर्व । छठ पर्व नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ ।
दिउँसै सुनसान देखिन जनकपुरधामका बजारमा छठका लागि सरसमान किनमेल गर्ने सर्वसधारणको चहपहल बढेको हो । आर्थिक मन्दीका कारण अन्य वितेका पर्व दशैँ, दिपावलीमा खासै व्यापार नभएपनि छठमा भने व्यापारमा केहि सुधार देखिएको स्थानीय व्यापारीहरु बताउँछन् । छठ पर्वमा कपडादेखि माटोको भाडो, बासबाट बनेका समाग्री नाङ्गगो,चंगेरा सहितको माग बढेको छ ।
त्यसैगरि, खाद्यन्न समाग्रीहरु चिनि, पिठो, खाने तेल सहितको माग बढेको छ । जनकपुर उद्योग वाणिज्य संघका महासचिव फुलगेन पण्डितले दिपावलीदेखि बजारको आर्थिक कारोवारमा विस्तारै सुधार आएको बताए । दशैँ सम्म बजारमा सर्वसधारणको चहलपहल भएपनि आर्थिक करोवार सासै देखिएका थिएनन्, उनले भने,‘ तर दिपावलीदेखि छठ सम्म तुलनात्मक रुपमा सुधार देखिएको छ ।’
छैठ पर्वमा अन्य समाग्री भन्दा केरा, सन्तुला, स्याउ सहितका फलफुलको कारोवार अत्यधिक हुने गरेको छ । यस वर्ष छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामा ५ करोड भन्दा बढी मुल्यबराबरको फलफुल जनकपुरधाम भित्रिएको छ । जनकपुरधाम फलफुल व्यवसायि संघका अध्यक्ष विश्वेश्वर यादवले बताए ।
जनकपुरधामको छठ पर्वलाई मात्रै लक्ष्ति गरि ७० ट्रक केरा, १२ ट्रक स्याउ, ४ ट्रक अनार र ५ ट्रक सन्तुला ल्याएको अध्यक्ष यादवले जानकारी दिए । धनुषा, महोत्तरी र सिरहा गरि तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरधामबाटै केरा लगायतका समाग्री खरिद गर्ने गरेको उनले बताए । एउटा केराको घौरको मुल्य ४सय देखि ८ सम्म रहेको उनले बताए । उनले गत वर्षभन्दा यस वर्ष २० प्रतिशत बढी फलफुल मागाईएको बताए ।
भारतको असाम,मदरास, हाजीपुर, बीरपुर,नेपालको भन्टावारी, इनवा लगायतका स्थानबाट केराको ल्याउने गरेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका पुर्व महासचिव भुनेश्वर पुर्वेले जानकारी दिए । केहि केराहरु नेपालका सप्तरी, इनर्वा, सहितका स्थानबाट ल्याउने गरेको उनले बताए ।
सुरक्षा व्यवस्था कडा
विगतका वर्षहरुमा चाडवर्पको अवसरका भएको हिंसात्मक घटनालाई मध्यनजर गरेर धनुषा प्रहरीले जनकपुरसहित जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको छ ।
चाडपर्वको अवसरमा विभिन्न स्थानमा हुने धार्मिक हिंसा तथा तथा कुनै अप्रिय घटना हुन नदिन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । चाडपर्वमा जिल्लाको सुरक्षा व्यवस्था कडा पार्न हामिले सशस्त्र प्रहरी, मधेश प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी लगायतसँग सहकार्य गरेका छौ, उनले भने,‘ नगरका छठ मनाइने पोखरीहरु, चोकहरु तथा सार्वजनिक स्थलहरुमा प्रहरी व्यापक संख्यामा परिचालन गर्नेछ ।’

जनकपुरमा मात्रै पाँच सय भन्दा बढी सुक्षाकर्मिहरु परिचालन गर्ने उल्लेख गर्दै उनले भने,‘ ग्रामिण क्षेत्रमा पनि मोवाईल टोली, सदा पोशाक,मोटरसाईकलमा सुरक्षाकर्मि परिचालन गरिन्छ ।’ नेपाल –भारतको सिमा क्षेत्र तथा जनकपुर नगरका विभिन्न चोकमा चेकजाँचमा कडाई गरिएको उनले बताए ।

जिल्लाको हरेक घाटमा कम्तिमा दुई जना प्रहरीको उपस्थित हुने गरि व्यवस्था मिलाएका छौ, उनले भने, तर कुनै ठाउँमा अप्रिय घटना भएको खण्डमा थप मद्दतको लागि बाटो लाग्ने समय वाहेक ५ मिनेटमा प्रहरी पुग्ने व्यवस्था मिलाएका छौ ।
ठाउँको अनुसार सुरक्षा सम्वेदनशिलतालाई विशेषण गरेर प्रहरी परिचालन गरिने उल्लेख गर्दै धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वरुणबहादुर सिंहले मधेश प्रदेश प्रहरी कार्यालयबाट समेत सयभन्दा बढी थप प्रहरी माग गरेको बताए ।

 

सम्बन्धित खबर